खोलाको गुनासो : नबिन केसी (कविता )
कपन अनलाइन
काठमाडौं ,साउन २८।
म बगिरहेकै छु निरन्तर दुख कष्ट परिस्थिति सहेरै पनि ।
मेरो यात्रालाई अबरोध गरिनै रहन्छ प्रसस्त भएरै पनि ।।
थिचो मिचो अन्याय छदै छ म माथी निरन्तर बोल्दैन यो भनेर ।
मलाई नै मिच्ने नाली समेत पठाउने मुख समेत खोल्दैन भनेर।।
दाया बाया बाट किला काटा हुन्छ मुटुनै छिया छिया बनाएर ।
हुदा हुदा आजकाल त छेकेको थुनेको छन पर्खालै लगाएर ।।
मेरा सम्पत्ती छौउन्जेल मलाई दिनरात नभनी रित्ताइ दिने ।
मेरो भाको आफ्नो बाटो पनि सागुरो बनाई सिद्द्याई दिने ।।
बर्षा हुन्छ मै माथी बर्षिन्छ थपिन्छ जतातैको भेलै भेल ।
साघुरिएको छ बाटो रोकिन सक्दिन बग्नैपर्छ ठेलाम ठेल ।।
मेरो आफ्नो बेग कसले कतै रोक्न र छेक्न त सक्दै सक्दैन ।
दुख नदिनु घरी घरी प्राकृति हु म मेरो शक्त्ती कसैले देख्न त सक्दैन ।।
मेरो आफ्नो बाटो सफा गरिदिनु कसैलाई अबरोध हुने छैन ।
मेरा लागी बराबर हुन कसैलाई माया कसैलाई प्रतिसोध हुने छैन ।।
(कवी केसी बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का अध्यक्ष हुन् )