बुढानिलकण्ठ -१० का नौ सहित १४ जनामा कोरोना संक्रमण पुस्टि
कपन अनलाइन
काठमाडौं ,साउन २८ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं -१० का नौ सहित १४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।साउन २८ गते वडा नं १० पन्चकन्या चोकका ८ जना र मिलनचोकका १ जनामा कोरोना संक्रमण देखिएको छ। वडा नं १० का २६,४५,३५ वर्षीय महिला र १० वर्षीय बालिकामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै ४७,५५,२३,२८ वर्षीय पुरुष र १० वर्षीय बालकमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै वडा नं १ फुलवारी मार्गका ३३ वर्षीय महिला ,३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने वडा नं ४ पासिकोट का ३४ वर्षीय पुरुष र वडा नं ३ देउवा चोकका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै वडा नं ८ का ६ वर्षीय बालकमा कोरोना देखिएको स्वास्थ्य शाखा बुढानिलकण्ठले जानकारी दिएको छ।कोरोना संक्रमितको शंख्या बढे संगै नगरपालिकाले अत्यावस्यक बाहेक अन्य सेवा बन्द गरेको छ भने नगरवासीलाई सचेत रहन अपिल पनि गरेको छ ।
बुढानिलकण्ठ नगरपालिकामा कोरोना संक्रमणका अधिकांस घटना लापरवाही र आवस्यक सुरक्षा सतर्कता नअपनाउदा भएको देखिएकोले सजग भएर स्वास्थ्य मापदण्ड पुरा गर्नका लागि स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताएका छन ।