विपद र स्वास्थ्य बाहेकका सेवा भाद्र १५ गते सम्म बन्द गर्ने नागार्जुन नगरपालिकाको निर्णय
कपन अनलाइन
काठमाडौं ,साउन २८।
नागार्जुन नगरपालिकाले भाद्र १५ गते सम्म विपद र स्वास्थ्य बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले कोरोना प्रकोप बढे संगै जोखिम देखिएकोले उपत्यका मेयर फोरमको निर्णय अनुसार सेवा बन्द गरिएको सूचना प्रकासित गरेर जानकारी दिएको छ।
नगरपालिकाले १० वटै वडा र विभिन्न शाखाहरुलाई सेवा बन्द गर्न र प्रकोप नियन्त्रण र रोकथामका लागि पहल गर्न निर्देशन दिदै सम्पूर्ण नगरवासीलाई सचेत बन्नका लागि अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।