कागेश्वरी मनोहरा नगरपालिका १का ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण
कपन अनलाइन
काठमाडौं, श्रावण २८ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा रहेको कागेश्वरी ज्येष्ठ नागरिक सेवा आश्रममा आश्रय लिएर बसेका ज्येष्ठ नागरिक हरुको स्वास्थ्य परिक्षण गर्नुको साथै स्वास्थ्य परामर्श गरिएको छ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी ज्येष्ठ नागरिक सेवा आश्रमका अध्यक्ष पुष्कर प्याकुरेल सहित वडाको अनुरोधमा डा प्रकाश पोख्रेल सहितको स्वास्थ्यकर्मीको टोलीले ज्येष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नुको साथै स्वास्थ्य परामर्शको साथै औषधि वितरण गरेका हुन् ।कोरोनाका कारण सुरक्षात्मक उपाय अपनाई उक्त संस्थामा रहेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
कोभिड १९ का कारण नियमित स्वास्थ परिक्षण हुन नसकि रहेको आवस्थामा डाक्टर प्रकाश पोखरेलले निशुल्क स्वास्थ परिक्षण सेवा दिएका हुन् उनले उक्त संस्थामा हरेक दुई महीनामा परिक्षण सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन।डा पोखरेलले स्थानीयहरु लाई कुनै पनि स्वास्थ्य सम्बन्धि समस्या वा जिज्ञासा रहे आफू कुनैपनि बेला सहयोग गर्न तयार रहेको बताएका छन्।डा पोखरेल भन्छन् आफ्ना गाउँलेहरुको सेवा गर्न पाउदा आफू लाई सन्तुष्टि मिल्ने र लक डाउन अबधि भर विभिन्न ठाउँमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण,माक्स, सेनिटाईजर, साबुन, सेटामोल लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गर्दै आईरहेको उनले बताए।
उनले लक् डाउन अवधिभर गोकर्णेश्वर नगरपालिकाको बिकट क्षेत्र ओख्रेनी ,मूल खर्क जस्ता ठाउका स्थानीयलाई कुनै स्वस्थ्य समस्या आइपरेमा निशुल्क परामर्श तथा निशुल्क स्वास्थ्य परिक्षण गर्ने घोषणा समेत गरेका थिए। जसमा धेरैले उनलाई फोन मार्फत स्वास्थ्या समस्याको बारेमा जानकरी गराइरहेको र कति पय अवस्थामा आफै पुगेर स्वास्थ्य परिक्षण समेत गरेको उनले बताएका छन् ।स्वास्थ सम्बन्धी कुनै समस्या पर्न गएमा वा सल्लाह सुझाव लिन परेमा फोनबाटै परामर्श लिन सकिने र अति आवश्यक भएमा वा घरमै गई उपचार गर्न पर्ने भएमा वडा अध्यक्ष ज्यू संग समन्वय गरी घरमै आई स्वास्थ सेवा प्रदान गर्ने पुन बताए ।
उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका कि उप प्रमुख बिन्दु पुडासैनी सिंखडा ,स्वास्थ शाखा सह संम्योजक लक्ष्मी कोईराला लगायतको उपस्थिति रहेको थियो। साथै सो कार्यक्रममा नगरको तर्फबाट औषधी लगाएतका सामाग्री उपलब्ध गराइएको थियो ।कार्यक्रममा बोल्दै उप प्रमुख बिन्दु पुडासैनी सिंखडाले नगरपालिका ज्येष्ठ नागरिकहरु प्रति संबेदनशील रहेको र उनीहरुको लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताइन। ज्येष्ठ नागरिकलाई जीवनको पछिल्लो समय हुने विभिन्न रोगको सिकारबाट समस्या नभई सहज होस् भन्नको लागि नगरपालिकाले ज्येष्ठ नागरिकहरुको समय समयमा स्वास्थ्य परिक्षण गराउनुको साथै निशुल्क औषधि वितरण गर्दै आएको बताइन ।