Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/08/IMG_0198-638x425.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/08/IMG_0204-638x425.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/08/IMG_0238-638x425.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बेसहारा बालिकाहरुको सहारा बनिन प्रधानमन्त्री पत्नी राधिका शाक्य

कपन अनलाइन

काठमाडौं ,साउन २६ /शिरिष पौडेल

प्रधानमन्त्री केपि शर्मा ओलिको प्रमुख आतिथ्यमा प्रधानमन्त्री निबास बालुवाटारमा अयोजित एक अनौपचारिक कार्यक्रम मार्फत प्रथम महिला राधिका शाक्यले SOS बालग्रामलाई तीन अनाथ बालबालिका हस्तान्तरण गरेकी छन् । आमाको हत्या गरेर बाबु कैदमा परे संगै ती तीन बालिकाहरु अलपत्र परेका थिए ।

गत फागु पुर्णिमाको दिनमा खोटांग जिल्ला स्थायी वसोवास भएर हाल दक्षिणकाली नगरपालिका वडा नं २ मा बस्दै आएका नबिन राईले उनकी श्रीमती पुस्पा राईको हत्या गरे पश्चात अलपत्र परेका ती बालिकाहरुको बारेमा प्रधानमन्त्री पत्नी राधिकाले विभिन्न संचार माध्यम मार्फत जानकारी पाएकी थिइन।

 

उनकै आग्रहमा अलपत्र बालिकाहरुको उद्दारमा सक्रिय रहेका बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला ,वडा अध्यक्ष रामचन्द्र केसी र नगरकार्यपालिका सदस्य कविता केसी लगाएत व्यक्तिहरुले रास्ट्रिय बाल अधिकार परिषद ,बालबालिका खोजतलास केन्द्र र मानवसेवा आश्रम लगाएतको संस्थाहरुको सहयोगमा ती बालिकाहरुलाई उद्दार गरेको थियो ।

आफ्ना अभिभावक गुमाएका वर्ष १४ कि अनिशा राई ,वर्ष ८ की अनुस्का राई र वर्ष ४ की आयुस्का राईको भविस्य अन्धकार हुन नदिन ति बालिकाहरुको शिक्षा र वसोवासको व्यवस्थापनको जिम्मा SOS  बालग्रामलाई दिइएपनि उनीहरु आत्मनिर्भर नभइन्जेलको सम्पुर्ण लागत र अभिबावकत्व स्वयमं शाक्यले नै बेहोर्ने हस्तान्तरण   कार्यक्रममा  शाक्यले  जानकारी गराएकी छन।

सोहि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी समेत रहेका प्रधानमन्त्री ओलिले यो सरकार बालबालिका माहिला र ज्येष्ठ नागरिकको कुरामा निकै सचेत रहेको बताएका थिए।सरकार एक्लैले सडक मानव र सहयोगापेक्षी रहित देश बनाउन नसकिने भन्दै प्रधानमन्त्री ओलीले  यसमा सबैको सामुहिक पहल आवस्यक रहेको बताएका थिए।

त्यसै क्रममा उनले यो कार्यक्रम प्रतिनिधि मुलक मात्र रहेको र अप्ठ्यारोमा परेका सबैलाई सहयोग र उद्दार गर्नु हामी सबैले आफ्नो दायित्व ठाने मात्र सुखी नेपाली समृद्ध  नेपालको अभियान पुरा हुने बताएका थिए।

प्रधानमन्त्री ओलीले  नेपाल कोमल हृदय भएका मानिसहरुको देश भएकोले सबै नेपालीको सहयोगले यो देशमा कोहि बालबालिका पनि अभिबाबक विहिन भएर अलपत्र पर्न नदिन यसै कार्यक्रम मार्फत आग्रह गरेका थिए  ।

उक्त  कार्यक्रममा बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला , SOS बालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरी प्रसाद शर्मा, राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धरेल लगायतको उपस्थिति थियो ।

(शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।