नागार्जुन नगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुस्टि
कपन अनलाइन
काठमाडौं ,साउन २५ ।
नागार्जुन नगरपालिकामा पछिल्लो एक हप्ताभित्र ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । वडा नं. ४ मा स्थायी बसोबास गर्ने एकै परिवारका श्रीमान–श्रीमतीमा कोरोना पोजेटिभ देखिएपछि उनिहरुलाई आइसोलेसनमा राखिएको छ । सुभेच्छा अस्पतालमा गाइनोको उपचारका लागि जाँदा अस्पतालले कोरोना परिक्षण गर्न लगाउँदा पोजेटिभ देखिएको थियो ।
त्यस्तै वडा नं. ५ को सितापाइला मन्दिर नजिकै अस्थायी बसोबास गरेर व्यापार÷व्यवसाय गर्दै आएका एकाघरका बाबुछोरालाई कोरोना पोजेटिभ देखिएको छ । बाबु विरगञ्ज गएर फर्केपछि एक्कासी ज्वरो आउँदा अस्पताल भर्ना भएपछि कुर्न बसेको छोरा र बाबु दुबैजनालाई कोरोना पोजेटिभ देखिएको थियो । उनिहरुलाई अहिले आइसोलेसनमा राखिएको छ । नीजका परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।
त्यस्तै वडा नं. ४ को सितापाइलामा हिजो मात्र एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । नीजलाई अहिले आइसोलेसनमा राखेको छ । उक्त स्थानमा कन्ट्रायक ट्रेसिङ भइरहेको छ ।
त्यस्तै वडा नं. १ को रानीवनमा १ जना पुरुषलाई कोरोना पुष्टि भएको छ । किताव खानाका सरकारी कर्मचारीलाई कोरोना भेटिएको छ । उनलाई आइसोलेसनमा राखिएको बुझिएको छ ।
त्यस्तै हिजो वडा नं. ३ को ठूलो भर्ङयांग नजिकै एक जना पुरुषलाई लाई कोरोना पोजेटिभ देखिएको छ । उनले ठूलो भर्ङयांग रहेको चप्पल कारखानामा काम गर्दै आएका थिए । आजदेखि चप्पल कारखानाका साहुले कारखाना बन्द गरिसकेको छ । कारखानामा साहुले कन्ट्रायक ट्रेसिङ गर्नुका साथै कर्मचारीहरुको पिसिआर परिक्षण गर्ने तयारी गरिरहेको छ ।