कपन जेसिजको “जेसिज सप्ताह-२०७७” शुरु
कपन अनलाइन
काठमाडौं ,साउन २४।
कपन जेसिजले “जेसिज सप्ताह-२०७७” उद्घाटन तथा भलिबल प्रतियोगिता आयोजना गरेको छ। बुढानिलकण्ठ नगरपालिका वडा न १० का वडाध्यक्ष तथा बुढानिलकण्ठ नगर प्रबक्ता नवराज भट्टराईज्युको प्रमुख आतिथ्यतामा जोसेफ हाई स्कुल/कलेज कपन मिलनचोकको प्राङ्गणमा भएको कार्यक्रममा “जेसिज सप्ताह-२०७७” उद्घाटन गरिएको हो ।
उक्त उद्घाटन समारोहमा नेकपा बुनपा १० का अध्यक्ष जगत निरौला, नेपाली कांग्रेस बुनपा -१० का सभापति श्याम डोट्टेल, जोसेफ हाई स्कुल /कलेजका प्राचार्य तथा एम्नेस्टी ईन्टरनेस नल नेपालका पुर्ब अध्यक्ष सुर्य बहादुर अधिकारी, कपन जेसिजका पुर्ब अध्यक्षहरुदुर्गा देब सुवेदी, हेमराज दाहाल, होम बहादुर अधिकारी(मनोज), अमित कुमार अधिकारी, पुर्ब अध्यक्ष तथा एरिया सी थिम डाईरेक्टर झनक बहादुर अधिकारी(दिपक), आफ्नो देश आफै बनाउछु अभियान एरिया सीका सदस्य बिकास श्रेष्ठ, कपन जुनियर जेसिजका अध्यक्ष बिनिता सिलवाल, नेपाल जेसिजका पुर्ब राष्ट्रिय उपाध्यक्ष तथा भलिबल प्रतियोगिताको रेफ्री अतुल प्रसाईं, स्थानिय भलिबल खेलाडी युबाहरु, जेसिजका पदाधिकारीहरु र स्थानिय युबाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन समारोहम बोल्दै प्रमुख अति भट्टराईले कपन जेसिजले यस क्षेत्रका युबाहरुलाई ब्यक्तित्व बिकास, क्षमता बिकास, नेतृत्व बिकास लगायत सामाजिक अभियानमा पुरयाउनु भएको योगदानको उच्छ मुल्यांकन र चर्चा गर्दै आगामी दिनमा पनि वडाले विभिन्न योजनाहरुमा सहकार्य गर्ने कुरा बताएका थिए।
त्यस्तै अतिथिहरु जगत निरौला, अध्यक्ष श्याम डोटेल तथा सुर्य बहादुर अधिकारी लगायतका वक्ताहरुले जेसिजले यश क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै जेसिज सप्ताहको कार्यक्रमहरुको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
उद्घाटन समरोह संगै जेसिज समुह र स्थानिय युबा बिच आयोजना गरिएको भलिबल प्रतियोगितामा जेसिज युबाहरु बिजयी भइ पुरस्कार प्राप्त गरेको थियो।
कार्यक्रमको मुल संयोजन कपन जेसिजका सिनियर ईभिपी नवराज बन र भलिबल प्रतियोगिता कार्यक्रमको संयोजन सह सचिब प्रदिश खनालले गरेको कार्यक्रममको कपन जेसिजका बर्ष २०२० का अध्यक्ष जेसि रुपेश भट्टराईले अध्यक्षता गरेका थिए।
यस अभियान अन्तर्गत कपन जेसिसले एक हप्ता भरि निम्न कार्यक्रमहरु आयोजना गर्नेछ :