मुम्बईलाई पराजित गर्दै चेन्नई क्यालिफाएर चरणमा

१ जेठ, काठमाडौ । हिजो राती भएको एलिमिनेटर चरणको खेलमा मुम्बई इण्डियन्सलाई ३८ रनले पराजित गर्दै चेन्नई सुपर किङ्ग्स क्यालिफाएर चरणमा प्रवेश गरेको छ ।

१ सय ८८ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरको खेलमा आफ्ना ९ विकेट गुमाउँदै मात्र १ सय ४९ रन जोड्न सफल रह्यो । मुम्बईका ड्वेन स्मिथले २२ बलमा ३८ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्म्यानले राम्रो स्कोर जोड्न सकेनन् । चेन्नईका लागी एल्बी मोर्केल र ड्वेन ब्राभोले समान २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरको खेलमा धोनीको ५१ रनको विस्फोटक ब्याटिङको मद्धतले ५ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार गरेको थियो । दोस्रो ओभरमा नै २ विकेट गुमाएको चेन्नईलाई माइक हसी र बद्रिनाथले खेलमा फर्काएका थिए ।  यी दुई ९३ रनको साझेदारी गरेपछी चेन्नई उच्च स्कोरतर्फ लम्किएको थियो । त्यसपछी क्रिजमा छिरेका धोनीले मात्र २० बलको सामना गर्दै ५१ रन जोडेपछी खेलमा चेन्नईले राम्रो योगफल तयार गर्यो । चेन्नईका लागी माइक हसीले ४९, बद्रिनाथले ४७, ड्वेन ब्राभोले ३३ रन जोडेका थिए । मुम्बईका लागी कुलकर्नीले ३ विकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच धोनी घोषित भएका थिए ।
अब चेन्नईले क्यालिफाएर चरणको खेलमा शुक्रबार दिल्ली डेरडेभील्सको सामना गर्नेछ । यसमा विजेता टोलीले कोलकोत्तासँग उपाधीका लागी भिड्नेछन् ।
तपाइँको प्रतिक्रिया ।