Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/07/116908311_655673095156861_7999110862662541450_n-638x425.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/07/116237218_739959309911569_3520105463453711059_n-638x425.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/07/116098560_3170382649706734_2710372753524162720_n-638x425.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/07/116014951_713653529489801_2623481293960267486_n-638x425.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

भाद्र १ गते बाट गोकर्णेश्वर नगरपालिकाका बिद्यालयहरु संचालन हुने

कपन अनलाइन

काठमाडौँ, श्रावण १६। गोकर्णेश्वर नगरपालिकामा नगर शिक्षा समितिको बैठक सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिकाको सभा हलमा नगर प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा शुक्रबार बसेको उक्त बैठकमा उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे , शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी  नगर शिक्षा समितिका पधाधिकारीहरु प्याब्सन, एन प्याब्सन  , इशान, निसान,लगायत संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको सो बैठकले  कोभिड १९ लाइ मध्यनजर राखी विद्यार्थी भर्ना कार्यक्रम अगाडि बढाउने र अवस्था सामान्य भएमा २०७७ भाद्र १  गते देखि आवश्यक  स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

साथै सो बैठकले बिद्यालय संचालन  एबम व्यवस्थापन गर्दा बिद्यालय ,शिक्षक ,अभिभावक र बिद्यार्थीहरुले निम्न आचारसंहिता  पालना गर्नु पर्ने निर्णय गरेको छ ।

जसमाअभिभावकहरुले

 

१) अभिभावकले बिद्यार्थीहरुलाई बिद्यालय भर्ना गराउनुपर्ने,

२) बिद्यार्थीहरुलाई बिद्यालय सम्म ल्याउन र लैजाने व्यवस्था अभिभावक स्वयम ले मिलाउनु पर्ने

३) बिध्यालयले स्वीकृत बेगर बिध्यालय हाता भित्र वा कक्षाकोठा भित्र प्रवेश नगर्ने,

४)  आफ्ना नानीबाबुहरुलाई सामान्य रुघाखोकी  वा सामान्य ज्वरोको लक्षण  देखिएमा उक्त अवधिभरका लागि  बिद्यालय नपठाउने

५)  बिध्यालयहरुका लागि आवश्यक खाजाको व्यवस्था आफैले गर्ने ,

६) बिद्यालय हाता  एबम कक्षा कोठालाई निर्मलीकरण गर्ने ,

७) बिद्यार्थी प्रवेश गर्ने गेटमा थर्मल गन र स्यानीटाईजर राख्ने,

८)खानेपानी,उपलब्ध गराउने  स्थानमा  हात धुने साबुनको व्यवस्था गर्नु पर्ने

९)कक्षाकोठामा  एक बेन्च एक बिद्यार्थी मात्र रहने गरि सामाजिक दुरी कायम गर्ने

१०)बिद्यार्थीहरुलाई दैनिक स्वास्थ्य सुरक्षा एबम मानोसामाजिक  परामर्श  उपलब्ध  गराउने

११) बिशेष परिस्थितिको कारण उपयुक्त र भरपर्दो कारण बाहेक बिद्यालयले बिद्यार्थीहरु चारिक्रिक र स्थानान्तरण प्रमाण पत्र उपलब्ध नगराउने

१२) बिद्यालयमा भिड भाड नगराउने ,सानो सानो  समूह वा झुण्ड वा बिषयगत समूह निर्माण गरि वैकल्पिक शिक्षण बिधि संचालन गर्ने रहेको छ ।

 

त्यसै गरि शिक्षकहरुले

१) भौतिक दुरी एबम स्वास्थ्य सुरक्षा विचार गरि वैकल्पिक शिक्षण  कार्यक्रम संचालन गर्ने ,

२) बिद्यार्थीहरुको  परियोजना कार्य वा अभ्यास  कार्यको चेक गर्ने व्यवस्था गर्ने,

३) बिद्यार्थीहरुले निश्चित  स्वास्थ्य  सुरक्षाको मापदण्ड पालना गरे नगरेको सुपरीक्षण गर्ने रहेको छ ।

त्यस्तै बिद्यार्थीहरुले  

१)  प्रत्येक बिद्यार्थीहरुले आफुलाई चाहिने मास्क  र फेस सिल लगाउने,

२) स्यानीटाइजर्  प्रयोग गर्दा  हात धुँदा वा सौचालय प्रयोग गर्दा निश्चित दुरी कायम गरि एक पटकमा एक जना मात्र उपस्थित हुने ,

३) बिध्यालय हाताभित्र वा बाहिर अंकमाल नगर्ने  हात नमिलाउने,वा निकटता  कायम हुने काम नगर्ने  रहेको छ ।

त्यसै गरि नगरपालिकाले

१) अभिभावक, शिक्षक तथा बिद्यार्थीहरु  पालना गर्नुपर्ने भनि उल्लेखित आचार संहिता पालना भए नभएको  वा गराइएको  नगराइएको अनुगमन गर्ने ,

२) नगरपालिकाको स्वास्थ्य शाखा  र बिद्यालयमा कार्यरत  नर्स बाट नियमितरुपमा स्वास्थ्य सुरक्षाको रेखदेख र आवश्यक परामर्श प्रदान गर्ने निर्णय भएको छ ।

बैठकमा निसानका अध्यक्ष ओम प्रसाद ढकाल,प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, शिक्षासेवी  इश्वर प्रसाद सापकोटा, एन प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष मोहन प्रसाद अधिकारी प्याब्सन नगर अध्यक्ष मदन सुवेदी, शिक्षा विद कृष्ण प्रसाद नेपाल , वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी , प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे, शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य  नगर प्रमुख सन्तोष चालिसे लगायतले आफ्नो धारणा राखेका थिए   ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।