पशुपतिको क्षेत्रको सभ्यता नस्ट हुनगरि आएको गुरुयोजना मान्दैनौ:पशुपति क्षेत्र संयुक्त संघर्ष समिति

पशुपतिको क्षेत्रको सभ्यता नस्ट हुनगरि आएको गुरुयोजना मान्दैनौ:पशुपति क्षेत्र संयुक्त संघर्ष समिति

कपन अनलाइन 

काठमाडौं ,साउन १६।

पशुपति विकास कोषले ल्याएको १०० वर्षे गुरु यो जनाले पशुपति क्षेत्रको धार्मिक आस्था तथा प्राचीन सभ्यता नस्ट गर्ने  भन्दै पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले सो हुन् नदिने बताएको छ।

कोषले एकलौटी रुपमा  गुरुयोजना बनाएको भन्दै संघर्ष समिति गठन गरेर चरणवद्ध आन्दोलनमा उत्रिएका स्थानीयहरुले साउन १६ गते पत्रकार सम्मेलन आयोजना गर्दै सो स्थानका प्राचिन बस्ति विस्थापन तथा मठ मन्दिर रहेको स्थानमा आधुनिक संरचना निर्माण गर्ने योजना सहितको गुरुयोजनाले  सो क्षेत्रको धार्मिक महत्व र गरिमालाई असर पुर्याउने उल्लेख गरिएको छ।

संघर्ष समितिका संयोजक द्वय कृष्णमान श्रेष्ठ र आशमान संगतले जारि गरेको प्रेस बिज्ञप्तिमा पशुपति क्षेत्रमा परापुर्व काल देखि नै वसोवास गर्दै आएका विभिन्न जातजातिका देव गणहरुले मनाउने पर्वजात्रा तथा उत्सवहरु पशुपति नाथको आराधना तथा महात्म्य संग जोडिएकाले सो प्रतिकुल हुने गरि ल्याइएको गुरुयोजना नमान्ने उल्लेख गरिएको छ।

हेर्नुहोस बिज्ञप्ति :

 

तपाइँको प्रतिक्रिया ।