मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा बिश्वराज जोशी

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा बिश्वराज जोशी

कपन अनलाइन
हेटौंडा, साउन १४ ।
बागमतीप्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर बिश्वराजजोशी (बीआर जोशी ) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशको मन्त्री परीषदको बैठकले जोशीलाई ४ बर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साईन्सको रजिस्ट्रार, वीर अस्पतालमा नै युरोलोजिष्ट प्रमुख समेत रहनुभएका जोशीले सन १९७४ मा एमडी र १९८३ माडाक्टर उपाधी हासिल गरेका थिए  । उपकुलपति नियुक्ती संगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडिबढ्ने सरकारका प्रवक्ता आर्थिक मामिलातथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिएका छन  ।
यसैगरी प्रदेश बाल अधिकार समितिमा पनि सदस्यहरू नियुक्त गरिएको छ । समितिमा झबिन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मिना थापा र लक्ष्मी ढकाला मनोनीत गरिएको छ । उनीहरुको कार्यकाल ४ बर्षको हुनेछ ।
यसैगरी प्रदेश युवा परिषद नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिएका छन  । यस्तै वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।