गोकर्णेश्वर नगरपालिका वडा नं ९ को मूल सडक नापजाँच तथा चिन्ह लगाउने कार्य सम्पन्न
कपन अनलाइन
काठमाडौं श्रावण १४। गोकर्णेश्वर नगरपालिका वडा नं ९को सुन्दरीजल जोरपाटी मूल सडक नापजाँच गरि चिन्ह लगाउने कार्य गरेको छ। आज बुधबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ शिवपुरी चोक देखि भगवती स्थान सम्मको मूल सडकको दायाँबायाँ ७/७ मिटर बाटो कायम गर्न नाप जांच सहित चिन्ह लगाउने कार्य गरिएको हो। उक्त कार्यमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा वडा सदस्यहरु ,सहित प्राबिधिक तथा स्थानीयको सहयोगमा उक्त बाटोमा चिन्ह लगाउने कार्य गरिएको हो ।
उक्त बाटोको साइड ड्रेनलाइ आधार मानेर चिन्ह लगाउने कार्य गरिएको वडा अध्यक्ष राजिब थापाले जानकारी गराए। साथै उक्त कार्यमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले वडाबासीहरु प्रति आभार ब्यक्त गरेको छ।
वडा अध्यक्ष राजिब थापा सहित वडा समिति परिवारले वडाबासीहरुलाई मूल सडक दायाँबायाँ ७/७ मिटर बाटो कायम गर्न चिन्ह लगाउने कार्यमा सहयोग पुर्याउने घरघनी प्राबिधिक लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद प्रकट गरेको छ ।