थली प्रहरी प्रभाग प्रांगणमा नव निर्मित माता दुर्गा भवानीको मन्दिर उद्घाटन तथा प्रहरी गतिबिधि सम्बन्धि राय- सुझाब कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ ,श्रावण १४ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ स्थित महानगरीय प्रहरी प्रभाग थलीको प्राङ्गणमा नव निर्मित माता दुर्गा भवानीको मन्दिर उद्घाटन , दुर्गा भवानीको मुर्तीमा प्राण प्रतिष्ठा तथा प्रहरी गतिबिधि सम्बन्धि राय- सुझाब कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार बिहान भएको उक्त कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की रहेका थिए भने बिशेष अथितिको रुपमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी महानगरीय प्रहरी प्रभाग साँखुका कार्यलय प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थी , महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक अर्जुन गिरि, समाज सेवी रिपू थापा ,समाजसेवी नवराज सिंखडा,समाजसेवी दिलिप पौडेल,कागेश्वरी मनोहरा नगरपालिका वडा नं३का वडा सदस्य सुन कुमार नगरकोटी , मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरु सहित स्थानीयको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रम संचालन प्रहरी सहायक निरीक्षक पिताम्बर पराजुलीले गरेका थिए भने उक्त कार्यक्रममा महानगरीय प्रहरी प्रभाग थलीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खड्काले स्वागत मनतब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले प्रभाग प्रांगणमा नव निर्मित दुर्गा भवानीको मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरुलाई धन्यबाद दिदै दुर्गा भवानीको मुर्ति विट्स एकेडेमीका प्रिन्सिपल ज्ञान बहादुर श्रेष्ठले सहयोग गरेको बताएत्यस्तै मन्दिरमा गजुर भिम बहादुर सुनार, सिमेन्ट लेखनाथ पुडासैनी, र स्तुपा सप्लायर्स थली, घन्टी दिनेश राइ गोकर्ण, दियो त्रिसुल, धन कृष्ण श्रेष्ठ, टायल हाम्रो सापकोटा हार्ड वेयर थली,र दिपक पौडेलको समेत सहयोग रहेको बताएका थिए।
साथै उनले कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका साथै शान्ति सुरक्षा कायम गर्न थली प्रभागले गरेका कार्यको संक्षिप्त जानकारी समेत गराएका थिए । उनले आफु सो प्रभागमा आए पश्चात उक्त प्रभागमा प्रतिक्षालय स्थापना , कम्पाउण्ड वाल, निशुल्क वाइफाई जडान, सहायता कक्ष, लगायत बिभिन्न भौतिकपूर्वाधार निर्माणको साथै शान्ति सुरक्षा कायम गर्न दिन रात नभनी खटिरहेको बताउदै सो कार्यमा स्थानीयको सहयोग पनि प्राप्त भई रहेको बताएका थिए । उनले सो कार्यमा नगरपालिका र वडा कार्यालयको पनि उत्तिकै सहयोग प्राप्त गरेको बताए।कार्यक्रममा प्रभाग प्राङ्गणमा नव निर्मित दुर्गा भवानीको मन्दिरको कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीले उद्घाटन गरेका थिए।
कार्यक्रममा समाज सेवी नवराज सिंखडा, समाजसेवी रिपू थापा, समाजसेवी सुर्य केसी लगायतले शुभकामना मन्तब्य सहित राय सुझाब प्रदान गरेका थिए उनहरुले प्रहरी समुदाय साझेदारी कार्यक्रम थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक स्वयं अग्रसर हुन थालेको बताएका थिए ।उनीहरुले अपराध रोकथामको लागि प्रहरी एक्लैको प्रयास मात्रले सफल नहुने भन्दै नागरिक स्वयं पनि बिना बर्दीका प्रहरी भएको बताएका थिए । उनीहरुले सुरक्षा निकायले मात्र सुरक्षा गर्ने नभई कहिँ अपराधिक घटना घट्यो र संधिग्न शंकास्पद गतिबिधि देखियो भने समयमा नै प्रहरीलाइ खबर गर्न सकेको खण्डमा सबै जना सुरक्षित हुन सक्ने धारणा राखेका थिए ।
बक्ताहरुले महानगरीय प्रहरी प्रभाग थलीमा प्रहरीको दरबन्दी कम भए पनि आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न इमान्दारीपुर्वक आफ्नो शक्ति र क्षमताले भ्याए सम्मको कार्य गर्दै आएको बताएका थिए। जब सुरक्षामा पद पावर र पैसाको प्रभाब पर्छ त्यति बेला सुरक्षा कमजोर हुने भन्दै त्यसको प्रभाबमा नपरी काम गर्नु पर्नेमा समेत जोड दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीले आयोजकलाइ धन्यवाद दिदै दुर्गा भवानीको मन्दिर उद्घाटन गर्न र जनता संग राय सुझाब लिन पाउदा खुसि लागेको बताए। उनले मन्दिर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफु बौद्धमा आएको चार महिना भएको जानकारी गराउदै आफु आए देखि नै समुदायमा पुगेर अन्तरक्रिया गर्ने इच्छा भए पनि कोभिड महामारीको कारण त्यो सम्भब हुन नसकेको बताए ।
उनले प्राप्त सुझाबहरुलाई हेरेर कार्यन्वयन गर्ने पनि बताए उनले प्रहरी पूर्वजहरुले प्रहरी परिसर भित्र मन्दिर स्थापना गर्ने परम्परा रही आएको र त्यसको उदेश्य नेगेटिभ भाइब्स(नकारात्मक उर्जा)लाइ हटाइ सकारात्मक उर्जा प्राप्त गर्नको लागि आस्थामा आधारित रहेर मन्दिर स्थापना गर्ने प्रचलन पनि रहेको बताए। उनले मन्दिर स्थापना गर्नुको उदेश्य आफ्नो इलाकामा चोरी नहोस अपराध नहोस भनेर नभई प्रहरीले अपराध न्यूनीकरण गर्नमा उदृत होस् र दुर्गा भवानीले प्रहरीहरुलाई त्यसको लागि मनोबल प्रदान गरुन अपराध घटाउन बढी प्रेरित भएर लाग्न दुर्गा भवानीको आशिर्वाद प्राप्त होस् भन्ने सुभेच्छाका साथ मन्दिर स्थापना गरिएको स्पष्ट पारेका थिए ।
जहाँ समाज छ, त्यहा अपराध अवश्य हुने र अपराध पूर्ण रुपमा नियन्त्रण गर्न ,त्यसलाइ सुन्यमा झार्न संसारको कुनै पनि समाजमा नसकिने बताउदै अपराधलाई न्यूनीकरण गर्न सकिने समेत बताए ।महानगरीय प्रहरी वृत्त को कार्यालय स्थानान्तरण हुने प्रक्रियामा रहेको जानकारी गराउदै सो वृत्त कागेश्वरी मनोहरा नगरपालिकामा स्थानान्तरण गरि आउने प्रयासमा रहेको बताएका थिए। त्स्य्को लागि यहाका जनप्रतिनिधि स्थानीय भद्रभलाद्मी र समाजसेवी स्थानीयको सहयोग हुने बिश्वास ब्यक्त गरे।उनले मुलपानी क्रिकेट स्टेडियम अगाडी रहेको खालि जग्गा प्राप्तिको लागि पहल भईरहेको र जग्गा प्राप्ति भएको खण्डमा छिटो भन्दा छिटो शिलान्यास गरि बौद्ध प्रहरी कार्यालय त्यहाँ सारिने हुदा त्यसमा प्रयासरत रहेको बताएका थिए।
शान्ती सुरक्षाको साथै बिभिन्न सृजनशील कार्य गरेकोमा थली प्रहरी प्रभागका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वरखड्का सहितको टिम तथा सहयोगी दातालाइ धन्यवाद दिदै जति जति प्रहरीलाइ स्थानीयको सहयोग प्राप्त हुन्छ, त्यतिनै जिम्मेवारी थपिएको महशुस हुने बताए। उनले स्थानीयले प्रहरीलाइ सहयोग गर्नुको अर्थ तिमीहरुलाई हामि सहयोग गर्छौ तिमीहरुलाई भौतिक सुबिधा प्रदान गर्न तयार छौ तर त्यसको बदला प्रहरीको सेवा हिजो भन्दा आज बढी गर्नु पर्छ भन्ने संकेत हो भन्ने आफुलाई लागेको बताउदै थप जिम्मेवारी बोध भएको महशुस गरेको पनि बताए ।उनले आगामी दिनमा थली क्षेत्रमा थप जिम्मेवारीबोधका काम गर्ने र थप प्रेरित भएर थप उत्साही भएर जनताको सेवामा लाग्न थली प्रहरी प्रभागमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
उनले अबको पुलिसिंग भनेको हातमा लौरो लिएर सडकमा उत्रेर अपराधी तह लाउने र अपराध अनुसन्धान गर्ने नभई अब प्रबिधिमुलक पुलिसिंग र प्रबिधिमुलक अनुसन्धानबिकल्प छैन यस तर्फ सबैको सहयोग आवश्यक रहेको बताए। सो क्षेत्रमा “चार लेनको हाइ वे बन्दै छ, चार लेनको हाइ वे संगै अपराधको घटनाहरुको संग संगै बोकेर आउने हुँदा त्यो सम्भावित अपराधका घटना हरुलाई दृष्टिगत गरेर अहिले देखि नै योजना बनाई प्रबिधिमा जोड दियो भने पछि सजिलो हुन्छ”, उनले भने । सिसिटिभी लगायतको प्रबिधिमा पनि जोड दिदै प्रबिधिले अपराध नियन्त्रण गर्न सहयोग पुग्ने हुँदा त्यसको लागि स्थानीय तह संग अनुरोध गरिसकेको पनि बताए ।
त्यस्तै कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारीले धन्यवाद ज्ञापन गर्दै दुख परेको बेलामा मात्र प्रहरीलाइ सम्झने र अरु बेला त्यो पुलिस त हो भन्ने आम मानिसको बानीमा सुधार ल्याउनुपर्ने बताए। कोभिड १९ कोरोना भाइरस अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल समेत नगरी जहाँ बोलाए पनि पुग्ने गरेको स्मरण गर्दै त्यो खटाईको लागि प्रहरी प्रभाग साँखुलाइ धन्यवाद दिएका थिए । उनले कागेश्वरी मनोहरा नगरपालिकामा बौद्ध वृत्त स्थानान्तरण गर्नको लागि सम्पूर्ण सहयोग रहने पनि बताए ।
उनले बढ्दो जनसंख्या तर प्रहरी जनशक्तिको अभाब रहेको थली प्रहरी प्रभागमा दरबन्दी थप्नको लागि समेत अनुरोध गर्दै कागेश्वरी मनोहरा नगरपालिका र प्रहरी मिलेर धेरै काम भएको बताए ।उनले बढ्दो जनसंख्याको कारण कुनै पनि अपराधिक घटना घट्न सक्ने हुँदा शंकास्पद गतिबिधि भए प्रहरी समक्ष नहिच्किचाइकन खबर गर्न समेत अनुरोध गरेका थिए। उनले घर बेटीहरुलाई पनि आफ्नो घरको भाडामा बस्नेहरुको बिवरण प्रहरीमा पनि बुझाउनुपर्नेमा जोड दिदै त्यसो गर्दा गर्दा अपराध भएको भए पनि अपराधी चिन्न सहयोग पुग्ने पनि बताए ।उनले अपराध रोकथाम नियन्त्रणमा प्रहरीको भन्दा जनसमुदायको पनि त्यतिकै भूमिका महत्वपूर्ण रहेको हुँदा शंकास्पद गतिविधि देखेमा प्रहरीलाई तत्कालै खबर गर्न समेत अनुरोध गर्दै उपस्त्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।