लायन कुमारबाबु शिवाकोटीले आफ्नो जन्म दिन निशुल्क भोजन सहित कान्तिभैरब गुरुकुलका विद्यार्थी संग मनाए
कपन अनलाइन
काठमाडौं श्रवण १४ ।जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य हुँदै जान थालेको छ। फजुल खर्च भन्दा मानव सेवामा सकेको सहयोग गर्नु पर्छ भन्ने सन्देशदिनकै लागि भएपनि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को हंगर रिलिफका डिस्ट्रिक चियरपर्सन एबम लायन्स क्लब अफ काठमाडौं गौतम बुद्दका सदस्य समेत रहेका लायन कुमारबाबु सिवाकोटीले आफ्नो जन्म दिन कान्तिभैरब गुरुकुलका बिद्यार्थी संग मनाएका छन।
मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी स्थित कान्तिभैराब गुरुकुलका बिद्यार्थीहरुलाई फलफुल सहित बिहान र बेलुकाको निशुल्क भोजन गराएका हुन् ।काठमाडौं जडिबुटी ३२का स्थायी बासिन्दा रहेका लायन कुमारबाबु शिवाकोटी आफु ३३ वर्ष पुगेको अवसरमा उक्त गुरुकुलमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई बिहान र बेलुकाको भोजन गराउनुको साथै उक्त अवसरमा नगद रु ७ हजार रुपैया समेत गुरुकुललाइ प्रदान गरेका छन ।
सो कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ , डिस्ट्रिक्ट ३२५ ए१ का पुर्व गभर्नर एबम वर्तमान जि एस टि मल्टिपल कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङ, लायन श्रीचन केसी, लायन बिष्णु भाइ श्रेष्ठ . लायन मनोज सुवेदी लगायतको उपस्थिति रहेको सो कार्यक्रममा लायन कुमार बाबु सिवाकोटीले आफ्नो जन्म दिन गुरुकुलका बिद्यार्थी सँग मनाउन पाउँदा खुशी लागेको बताउँदै आफुलाई आन्म सन्तुष्टि मिलेको बताए ।आफु लायन्स समेत भएको हुँदा हामि सेवा गर्छौ भन्ने नारालाई आत्मसात गर्दै सामाजिक कार्य गर्दै आएको बताउदै उनले अहिले सानो सहयोग गर्न पाउदा खुसि लागेको र आगामी दिनमा थप सहयोग गर्ने पनि बताए ।
अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ ए १ डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले लायन कुमारबाबु शिवाकोटीलाइ जन्म दिनको शुभकामना दिंदे जसले समाजमा केही दिन्छ त्यही व्यक्ति नै जिवनमा सफलता प्राप्त गर्न सक्ने बताए ।उनले टिममा मिलेर जुन सुकै काम गर्न सकिने भन्दै लायन बर्ष २०२०/२१ मा डिस्ट्रिकको थिम नै टिम रहेको बताए ।कार्यक्रममा डिस्ट्रिक्ट ३२५ ए१ का पुर्व गभर्नर एबम वर्तमान जि एस टि मल्टिपल कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङ लायन श्रीचन केसी, लायन बिष्णु भाइ श्रेष्ठ , लायन मनोज सुवेदी लगायतले जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए ।