शंखरापुर नगरपालिका ९ को इन्द्रायणी मन्दिरमा गजुर राखियो

शंखरापुर नगरपालिका ९ को इन्द्रायणी मन्दिरमा गजुर राखियो

कपन अनलाइन

काठमाडौं श्रावण १४। शंखरापुर नगरपालिका वडा नं. ९ साना गाउँमा रहेको इन्द्रायणी ब्रम्हायणी मन्दिरमा गजुर राखिएको छ। क्षमा पूजा गरी साइत हेराएर मंगलबार मन्दिरमा गजुर राखिएको हो ।२०७२ सालको महा भुकम्पले क्षतिग्रस्त उक्त मन्दिरमा गजुर राखिए संगै मन्दिरको पुनः निर्माण करिब करिब  सम्पन्न भएको शंखरापुर नगरपालिकाका  प्रमुख  सुबर्ण श्रेष्ठले जानकारी दिएका छन  ।

पुरातत्व बिभागले करिब १ करोडको लागतमा उक्त मन्दिरको पुनः निर्माण कार्य गरेको समेत बताए।  उक्त कार्यक्रममा नगरप्रमुख सुवर्ण श्रेष्ठ वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ लगायत जनप्रतिनिधि सहित स्थानीयको उपस्थती रहेको थियो ।प्यागाेडा शैलीको दुई तल्ले उक्त मन्दिरमा मातातिर्थ औशीको दिन जात्रा लाग्ने स्थानीयले बताएका छन।

फोटो :शंखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।