काठमाडौं क्षेत्र नं ४ का बामपन्थी नेता गोविन्दकृष्ण अधिकारी रहेनन्

काठमाडौं क्षेत्र नं ४ का बामपन्थी नेता गोविन्दकृष्ण अधिकारी रहेनन्

कपन अनलाइन

काठमाडौं ,साउन १३।

काठमाडौं क्षेत्र नं ४ का बामपन्थी नेता गोविन्दकृष्ण अधिकारीको निधन भएको छ। काठमाडौं जिल्लाको कम्युनिस्ट आन्दोलनमा लामो समय देखि क्रियाशील रहेका अधिकारी तत्कालिन नेकपा एमालेको काठमाडौं जिल्ला कमिटिको संयोजक भएका थिए।

काठमाडौं महानगरपालिका  वडा नं ७ चावहिलका वासिन्दा अधिकारीको मनमोहन कार्डियोलोजी त्रि वि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

 

तपाइँको प्रतिक्रिया ।