पशुपति क्षेत्र विकास कोषले एकलौटी रुपमा गुरुयोजना बनाएको भन्दै स्थानीयहरु आन्दोलित
कपन अनलाइन
काठमाडौं ,साउन १३।
पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाको विरोधमा स्थानीय संघर्ष समितिले विभिन्न स्थानमा विरोध स्वरूप ब्यानर राख्दै असहमति प्रकट गरेको छ।
प्राचिन समय देखि सो क्षेत्रको संस्कृति र पहिचान संरक्षण गर्दै आएका सरोकारवाला स्थानीयहरु संग कुनै अनि किसिमको छलफल तथा सुझाव नलिई कोषले एकलौटी रुपमा गुरुयोजना बनाएको भन्दै स्थानीयहरुले राजनितीक दल तथा संघ संस्थाहरुका प्रतिनिधि राखेर संघर्ष समिति निर्माण गरेका हुन्।
कोषले तयार पारेको गुरु योजनामा परापुर्व काल देखि सो क्षेत्रमा बस्दै आएका बस्ति विस्थापन तथा जात्रा र पर्वहरु माथि नै आक्रमण गर्ने गरि आएको गुरुयोजनाको प्रस्ताव मन्त्रि स्तरमा पारित भए पनि प्रधानमन्त्रीको कार्यालय बाट फिर्ता गरिएको एक स्थानीयले बताएका छन।
कोषले प्रस्ताव गरेको गुरुयोजनाको बुँदा नं १(४) क मा पशुपतिको चारकिल्लामा पुर्व तर्फ त्रिभुवन बिमान स्थलको धावन मार्ग ,पश्चिम रातोपुल -कालोपुल -चकपथ धोवीखोला पुल ,दक्षिण तर्फ बिमान स्थलको पार्किंग हुदै चक्रपथ कालिमाटी डोल तथा उत्तर तर्फ चावहिल चोक हुदै गौरीघाट लगायतका क्षेत्र उल्लेख गरिएको छ।
साथै कोषले सो क्षेत्रलाई विभिन्न वर्गमा विभाजन गरि गुरु योजना प्रस्तुत गरे पछी स्थानीयहरुले सरोकारवाला पक्षको सहभागिता विना त्यसो गरिएको भन्दै साउन ४ गते कोषले बोलाएको छलफल स्थानीयहरुले बहिस्कार गरेका थिए।स्थानीय जनप्रतिनिधिको समेत सहभागिता विना गुरुयोजना निर्माण गरिएको भन्दै स्थानीयहरुले चरणवद्ध आन्दोलन तथा विरोध गर्दै आएको स्थानीय श्यामकृष्ण संगतले बताएका छन।
स्थानीयको संघर्ष समितिले प्रस्तुत गरेको लिखित सुचना :