एसिड आक्रमणमा परेकी पवित्रा कार्कीको पक्षमा ओखलढुंगाका कानुन व्यवसायीले निशुल्क बहस गर्ने

एसिड आक्रमणमा परेकी पवित्रा कार्कीको पक्षमा ओखलढुंगाका कानुन व्यवसायीले निशुल्क बहस गर्ने

कपन अनलाइन 

काठमाडौं ,साउन १३।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ६ भदौरे स्थायी बसोवास भै हाल नागार्जुन नगरपालिका ४ मा बस्दै आएकी एसिड आक्रमणमा परेकी  पवित्रा कार्कीको पक्षमा बरिस्ट अधिवक्ता शंकर सुवेदी सहित ओखलढुंगाका दर्जन बढी अधिवक्ताहरुले निशुल्क बहस गर्ने घोषणा गरेका छन।

पिडित कार्कीको पक्षमा शान्तिराम खतिवडा ,कुमार घिमिरे ,सुरेन्द्र बोगटी ,रित बहादुर जमकट्टेल ,तिर्थराज सुवेदी ,सिताराम राउत ,दिल कुमार  कार्की , चोक बहादुर मगर ,प्रेम बहादुर श्रेष्ठ ,संगीता श्रेष्ठ ,बल बहादुर राई ,लेखराज गौतम ,सुर्य कुमार विमली ,विमला निरौला ,भुवन प्रसाद निरौलाले निशुल्क बहस गर्ने घोषणा गरेका हुन्।

पिडित कार्कीलाई नागार्जुन नगरपालिकाले रोजगारी उपलव्ध गराउने घोषणा गरेको छ भने ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार सहित भेट्न पुगेका  स्वास्थ्य मन्त्रि  भानुभक्त ढकालले उपचार गर्न सहयोग गर्ने बताएका थिए। फोटो सौजन्य :आर के रोमस

तपाइँको प्रतिक्रिया ।