कपन क्षेत्रका डुबान समस्या समाधानका लागि अन्तरक्रिया

कपन क्षेत्रका डुबान समस्या समाधानका लागि अन्तरक्रिया

कपन अनलाइन

काठमाडौं ,साउन १३ । बूढानीलकण्ठ नगरपालिका वडा नं.१०,११ र १२ आनिगुम्बा देखि साततले सम्म तथा काठमाडौं महानगरपालिका वडा नं ६ को  फैका चोक को खहरे खोलाले गर्ने डुबान समस्याको  दीर्घकालीन समाधानका लागि विकल्पसहित पहिलो चरणको अन्तरक्रिया सम्पन्न  भएको छ।

बुढानिलकण्ठ नगरपालिका १० मिलन चोक स्थित मिलन चोक पार्टी भेन्युमा काठमाडौं क्षेत्र नं.४ सांसद कार्यालयको संयोजनमा  भएको उक्त  कार्यक्रममा संघीय सभा सदस्य गगन कुमार थापा, बागमती  प्रदेश सभा सदस्य न्हुच्छे नारायण श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे  लामा,  बुढानिलकण्ठ नगरपालिका वडा १०, ११ र १२ का वडाध्यक्षहरु क्रमश नवराज भट्टराई, राजु अधिकारी र शम्भु भट्टराई काठमाडौं महानगरपालिका वडा नं.६ का वडाध्यक्ष दिपेन्द्र लामा , वडा सदस्य जयराम पुडासैनी, सरस्वतीनगर विकास समितीका पदाधिकारी, बूढानीलकण्ठ १०,११,१२ का स्थानीयवासीहरु लगायत सरोकारवालाहरु उपस्थिति रहेको थियो। कार्यक्रममा ईन्जिनियर सुरज खनाल र अनिल न्यौपाने द्वारा डुबानको समस्या समाधानका निम्ति  निर्माण गरेको ३ वटा विकल्प  प्रस्तुतिकरण गरिएको थियो  ।

कार्यक्रममा बोल्दै सांसद गगन थापाले बिगतका केही अनुभुती कोट्याए अहिले भएको ढल पनि त्यसबेला यसैले हुन्छ ढल हाल्न पाए समस्या समाधान हुन्छ भनेर गाविसले भौतिक मन्त्रालयसंग माग गरेर निवेदन दिएकोमा दुई बर्षसम्म पनि काम नहुँदा  आफैले मन्त्रालय धाएर प्रक्रिया पुर्‍याएर ढल हालेको बताए। तर त्यसले पनि समाधान नभएको जिकिर गर्दै अब पटकपटकको छलफल र प्राविधिकसंग सहकार्य गरेर नै आनिगुम्बा साततले डुबान समस्या समाधान गरिनुपर्ने उनले  बताए। यसको लागि आफ्नो तर्फबाट गर्न पर्ने काम सबै गर्ने पनि बताए । खोलालाई पुरेर सडक बनाएर नै यो  समस्या आएको कारण खहरे पुनःस्थापन गर्ने कुरामा सबै जना एक  जुट भई जुट्ने उनले बताएका थिए    ।

कार्यक्रममा बागमतीप्रदेश सभा सदस्य न्हुच्छे नारायण श्रेष्ठले बिगतमा पनि प्राविधिककै सल्लाह अनुसार ढल हालिएको बताए। तर त्यसले समस्या समाधान नभएकोले अब चाहिँ के कसरी गर्दा दीर्घकालीन समस्या समाधान गर्न सकिन्छ त्यसमा पहल गरिने बताए।कार्यक्रममा बोल्ने बक्ताहरुले डुबानका कारण  पटक पटक  समस्या नित्याएको बताउदै डुबान समस्या समाधानका लागि आ आफ्नो राय सुझाब ब्यक्त गरेका थिए ।

फोटो :एच टिभी खबर

तपाइँको प्रतिक्रिया ।