बुढानिलकण्ठ -१२ निवासी बुद्दी बहादुर केसी रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

बुढानिलकण्ठ -१२ निवासी बुद्दी बहादुर केसी रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

कपन अनलाइन 

काठमाडौं ,साउन १३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ निवासी बुद्दी बहादुर केसी रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त भएका छन। रेडियो नेपालका नायव कार्यकारी निर्देशकका रुपमा सेवारत रहेका केसीलाई सोमवार बसेको मन्त्रि परिषदको बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

रेडियो नेपालमा लामो समय देखि सेवा गर्दै आएका केसीले पत्रकारिता विषयको स्नातकोत्तर तहमा पुर्वान्चल विश्व विद्यालय बाट स्वर्ण पदक प्राप्त गरेका छन।

गौवारमय इतिहास बोकेको रेडियो नेपालको प्रसासनिक तथा प्राविधिक सुधार गर्दै जनताको सुसुचित हुने अधिकारको संरक्षणका लागि व्यवसायिक संस्था बनाउने जिम्मेवारी सहित प्रमुख बनेका केसी बौद्धिक र कुशल प्रसासक मानिन्छन।

 

तपाइँको प्रतिक्रिया ।