श्री आदिबासी नावा जनजाती संस्कृति संरक्षण तथा उत्थान केन्द्रको चौथो अधिबेसन सम्पन्न

श्री आदिबासी नावा जनजाती संस्कृति संरक्षण तथा उत्थान केन्द्रको चौथो अधिबेसन सम्पन्न

कपन  अनलाइन

काठमाडौँ, साउन १३। हाम्रो धर्म  संस्कृति, भाषा  नै जातीय मूल पहिचान भन्ने ,मूल नाराको साथमा स्थापना भएको श्री आदिबासी नावा जनजाती संस्कृति संरक्षण तथा उत्थान केन्द्र को चौथो अधिबेसन सोमबार सम्पन्न्न भएको छ ।

राष्ट्रिय सहीद तथा शान्ती पार्क स्मारक गोकर्ण जगडोलमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा राष्ट्रिय शहीद तथा शान्ती पार्क निजामती स्मारक यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल ,यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन  प्रवर्द्धन  तथा उद्यान व्यवस्थापन समिति सदस्य गोबिन्द बहादुर श्रेष्ठ , यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन  प्रवर्द्धन  तथा उद्यान व्यवस्थापन समिति सचिब तथा युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगका बिशेष समिति (MAB) का सदस्य राजकुमार केसी, यज्ञडोल जगडोल सामुदायिक बन पर्यापर्यटन  प्रवर्द्धन  तथा उद्यान व्यवस्थापन  समिति सदस्य  सुमन थापा, सुनौलो पाइला संस्थाकि अध्यक्ष  रोजिना बिष्ट रोज, बिशाल भण्डारी आदिबासी किरात राइ समाजका अध्यक्ष दीपेन्द्र चामलिंङ लगायत आयोजक संस्थाका पदाह्दिकारीहरुको  उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता आदिबासी नावा जनजाती संस्कृति  संरक्षण तथा उद्धान केन्द्रका अध्यक्ष पेम्बा नावाले गरेका थिए भने कार्यक्रम संचालन छिङ्मम भोटे लामाले गरेका थिए।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा एक मिनेट ज्ञात अज्ञात सहीदहरु प्रति मौन धारण गर्दै भाब पूर्ण श्रद्दान्जली ब्यक्त गरिएको कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका प्रमुखसन्तोष चालिसेले दिप प्रजवलन सहित उद्घाटन गरेका थिए ।कार्यक्रम संचालन समेत गरेका  छिङ्मम भोटे लामाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले भाषा, संस्कृति र संस्कारको संरक्षण प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका थिए। कुनै पनि मुलुक समृद्ध हुन त्यस देशको भाषा, संस्कृति बलियो हुनुपर्छ, पछिल्लो समय भाषा सङ्कटमा पर्दै गएको छ , भाषा लोप हुँदै गए हामी पनि कमजोर हुन्छौँ, त्यसैले अब ढिलो नगरिकन आफ्नो भाषा र संस्कारलाई संरक्षण गर्दै नयाँ पुस्तालाई यसमा आकर्षण गर्न जरुरी  रहेको बक्ताहरुले बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै  गोकर्णेश्वर नगरपालिकाले गर्दै आएका कामहरुको बारेमा बताएका थिए उनले नगरपालिकाले पशुपति क्षेत्रहुँदै बौद्धनाथ र हस्तमोन घाटसम्मको धार्मिक पर्यटन सर्किट बनाउने तयारी गरेको जानकारी गराए  ।  पशुपतिबाट बाग्मतीको मुख्य शीर बाग्द्वारसम्मको पर्यटन रुट बनाउका लागि बजेट विनियोजन गरेको उनको भनाइ रहेको थियो  ।

यस क्षेत्रलाई बौद्ध र हिन्दू धर्मावलम्बीहरुको धार्मिक संगमस्थलको रुपमा प्रवर्द्धन गर्न  धेरै तयारी गरेको पनि बताए । गोकर्णेश्वर नगरपालिकाले देशमै पहिलोपटक आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक लागु गरेको जानकारी गराउदै प्छिल्लो पुस्ताले स्थानीय पहिचान, धर्म, संस्कृति, संस्कार र परम्परालगायत विषय बिर्सन लागेकाले पाठ्यपुस्तकका माध्यमबाट सम्झाउन खोजिएको बताए  । मानिसले बिहानदेखि बेलुकीसम्म प्रयोग गर्ने शब्दावली अङ्ग्रेजी हुँदा संस्कार बिग्रिएकाले आफ्नो भाषा, भेष  सिकाउन पनि स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारी लागू गरिएको उनको भनाइ रहेको थियो ।

उनले आदिवासी नावा जन जाती संस्कृति संरक्षण तथा उत्थान केन्द्रलाइ पनि सकारात्मक सहयोग गर्ने भन्दै त्यसको लागि हातेमालो गर्दै अघि बढ्ने बताए ।कार्यक्रममा राष्ट्रिय शहीद तथा शान्ती पार्क निजामती स्मारक यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल लगायतले पार्क निर्माणले गतिलिएको जानकारी गराए ।उनले धेरै कठिनाइका बाबजुत पार्क अहिले स्थितिमा आएको र पार्क निर्माण पुरा गरेरनै छाड्ने बताउदै त्यसको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा श्री आदिबासी नावा जन जाती संस्कृति संरक्षण तथा उत्थान केन्द्रलाइ सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।अध्यक्षताको आसन बाट बोल्दै श्री  आदिबासी नावा जनजाती संस्कृति  संरक्षण तथा उद्धान केन्द्रका अध्यक्ष पेम्बा नावाले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।