बुढानिलकण्ठ -५ डाँडागाउँमा गाँजा फडानी

बुढानिलकण्ठ -५ डाँडागाउँमा गाँजा फडानी

कपन अनलाइन 

काठमाडौं ,साउन १३।

समुदाय-प्रहरी साझेदारी” अभियान अन्तर्गत महानगरीय प्रहरी वृत्त महाराजगंज, महानगरीय प्रहरी प्रभाग वूढानीलकण्ठ, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बूढानीलकण्ठ, बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ को सहकार्यमा  डांडागाउँक्षेत्रको  गाँजा फडानी गरिएको छ ।
कार्यक्रममा नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, डाडागाँउ यूवा क्लव, पेन्दोल आमा समुह तथा महिला संजाल, युवा, समाजसेवि, भद्रभलाद्मी, स्थानीय जनता, गरि करिव ५० जनाको सहभागितामा करिव २०० रोपनी जग्गामा प्राकृतिक  रुपमा उम्रेका गाँजाका वोटहरू नष्ट गरिएको हो।

महानगरीय प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमूख प्रहरी नायव उपरिक्षक रोशन खड्काको प्रमुख आतिथ्यता तथा बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विजय तामाङ्को विशेष आतिथ्यतामा औपचारीक कार्यक्रम  समापन गरिएको सो अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्रले लागु औषध सम्वन्धि पर्चा वितरण गरी जनचेतना जगाउन स्थानियवासीलाई अपिल गरिएको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमूख अतिथि प्रनाउ रोशन खड्काले सामाजिक अपराध रोक्न सामाजिक दण्डनै वढी प्रभावकारी हुने भएकोले   समाजमा अपराधिक गतिविधि अन्त्य गर्न सामाजिक व्यक्तिहरूको महत्वपुर्ण भुमिका रहने बताउँदै  सामाजिक विकृति र विसंगतिको विरूद्ध लाग्नुपर्नेमा जोड दिएका थिए।
त्यस्तै वडा नं ५ का अध्यक्ष  तामाङले प्रहरीले शान्ति सुरक्षा मात्र  नदिई सामाजिक विकास र सामाजिक सुरक्षालाई समेत चासोको रुपमा लिई समाजमा उदारणिय भुमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरेका थिए।

त्यस्तै  महानगरीय प्रहरी प्रभाग वूढानीलकण्ठका कार्यालय प्रमूख प्रहरी निरीक्षक भुपेन्द्र गिरीले डाँडागाउँलाई गाँजामुक्त बनाएर पर्यटकीय गाउँको रुपमा विकास गर्न आगामी दिनहरूमा गाउँलाई गाँजामुक्त बनाउन नागरिक र प्रहरीसंग संगै साझेदारी  मार्फत जानुपर्ने धारणा राखेका थिए।

तपाइँको प्रतिक्रिया ।