लायन जीवननाथ पोखरेलको नियात्रा कृति ‘युरेसियाको यात्रा’ लोकार्पण

लायन जीवननाथ पोखरेलको नियात्रा कृति ‘युरेसियाको यात्रा’ लोकार्पण

कपन अनलाइन

काठमाडौं, साउन ११ । नियात्राकार एबम लायन जीवन नाथ पोखरेलको नियात्रा कृति युरेसियाको यात्रा लोकार्पण गरिएको छ ।लायन्स अन्तर्राष्ट्रियको कन्भेसनमा सहभागी हुने क्रममा गरिएको भ्रमणको यात्रा संस्मरण पुस्तक युरेसियाको यात्रा शनिबार राजधानीको मेरिएट होटेलमा आयोजित  लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक  ३२५ ए १ को क्याबिनेट अफिसर्स स्कुलिङ  कार्यक्रमको उद्घाटन सत्रमा लायन्स क्लबका जि ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला,

डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ ,फर्स्ट लेडी लायन मनमाया श्रेष्ठ ,सेकेन्ड डिस्ट्रिक भाइस गभर्नर लायन कर्मा गुरुङ, पुर्व गभर्नर एबम हङगर रिलिफ मल्टीपल डिस्टृक चियरपर्सन लायन कुमार राज सुवेदी, पुर्व गभर्नर लायन दिनेश पौडेल, पुर्व गभर्नर एबम इनभायोरेनमेन्ट मल्टिपल  डिस्ट्रिक चियरपर्सन लायन एम डि अग्रवाल लगायतले संयुक्त रुपमा उक्त कृतिको लोकार्पण गरेका हुन।

संखुवासभा खादबारी नगरपालिका वडा नं ५ माल्टा स्थायी घर भई हाल ललितपुर १४ नखीपोट बस्ने लायन जीवनाथ पोखरेलले  लायन्स अन्तर्राष्ट्रियको कन्भेसनमा सहभागी हुने क्रममा गरिएको भ्रमणको यात्रा संस्मरण पुस्तकमा उतारेको बताए।उनले उक्त पुस्तक लेख्न ,प्रकाशन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।  लायन्स क्लब अफ काठमाडौंका वर्ष २०१९/२०का प्रेसिडेन्ट समेत रहेका लायन पोखरेलले यस अघि पनि थुप्रै कृतिहरु प्रकाशन गरिसकेका छन ।

 नेपाल सरकारको जागिरे बाट अवकाश पश्चात साहित्य सिर्जनामा लागेका पोखरेलले छोटो समयमाने विविध विधामा सक्रियतापूर्वक कलम चलाउदै आएका छन। यात्रा संस्मरण तर्फ २०७५ सालमा प्रकाशित कृति जीवनका यात्राहरु पछि उनको यो दोस्रो संग्रह हो लायन्स क्लबका सदस्यको रुपमा समुहमा गरिएका यी यात्रामा लेखक  युरोपका एक दर्जन  देश र दुवई पुगेका उनले सो कृतिमा  त्यी देशको भौगोलिक  ऐतिहासिक  आर्थिक सामाजिक र राजनीतिक सत्य तथ्य बारेजानकारी गराएको कार्यक्रम बताइएको थियो  ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।