लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनीको लायन बर्ष २०२० /२१ को पहिलो क्लब मिटिंग सम्पन्न

लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनीको लायन बर्ष २०२० /२१ को पहिलो क्लब मिटिंग सम्पन्न

कपन अनलाइन

काठमाडौँ, साउन ११ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं उत्तर बाहिनीको लायन वर्ष २०२०/२१को पहिलो क्लब मिटिंग सम्पन्न भएको छ । शुक्रबार नारायण टार स्थित माछापुच्छ्रे होटलमा आयोजित उक्त क्लब मिटिंगको अध्यक्षता लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनीका प्रेसिडेन्ट लायन गंगालाल श्रेष्ठले गरेका थिए।

उक्त क्लब मिटिंगमा  गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख लायन शान्ती नेपाल सहित  क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।सो क्लब मिटिंगमा  स्वागत मन्तब्य राख्दै क्लबका प्रेसिडेन्ट लायन गंगालाल श्रेष्ठले क्लबले बिगतमा गर्दै आएका कामको बारेमा प्रकाश पर्दै लायन वर्ष २०२०/२१मा क्लबले प्राथमिकतामा राखेका कार्यको बारेमा अवगत गराएका थिए। उनले लायन वर्ष २०२०/२१ मा क्लबलाइ गतिवान र सक्रिय बनाउन आवश्यक रहेको बताएका थिए ।

उनले निस्वार्थ सामाजिक भावले समाजमा सेवा गर्ने लक्ष्य र उदेश्य सहित  विभिन्न क्षेत्रहरुमा क्लबले काम गरिरहेको जानकारी गराउदै लायन वर्ष २०२०/२१मा पनि डिस्ट्रिक गभर्नरको थिम “टिम” को मर्म अनुसार संयुक्त रुपमा कार्य गर्ने बताएका थिए ।

कार्यक्रममा लायन उदयराज भण्डारी, लायन संजय दाहाल लगायतले आफ्नो भनाइ सहित थप सेवाको कार्य गर्दै क्लबलाई उत्कृष्ट  क्लब बनाउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख समेत रहेकी लायन शान्ती नेपालले  गोकर्णेश्वर नगरपालिका भित्र हुने सामाजिक काममा सहयोग गर्ने बताएकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।