काठमाडौं – १५ छाउनीमा भूकम्प स्मृति पार्क निर्माण स्थलको निरीक्षण
कपन अनलाइन
काठमाडौं ,साउन ११।
काठमाडौं महानगरपालिका वडा नं १५ छाउनीमा सार्वजनिक जग्गाको संरक्षण गरि निर्माण गर्न लागिएको भूकम्प स्मृति पार्क क्षेत्रको जग्गा नक्शांकन तथा भौगोलिक अवस्थाको निरीक्षण गरिएको छ।
काठमाडौं क्षेत्र नं ८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण हुने सो पार्कको स्थलगत निरीक्षणमा प्रतिनिधि सभा सदस्य जिवनराम श्रेष्ठ,काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगाेल,निमा घ्याम्छाे तामाङज्यु ,आनन्द राम गौतमज्यु, मैयाँ लक्ष्मी महर्जनज्यु,जगदल गणका मेजर तिर्थराज गौतम सहित प्राविधिकहरुको सहभागिता रहेको थियो।
सो अवसरमा नापी विभागका प्राविधिकहरुले पार्क निर्माण स्थलको नाप जांच गर्नुका साथै सो क्षेत्रको नक्शांकन गरेका थिए।
तपाइँको प्रतिक्रिया ।