कागेश्वरी मनोहरा नगरपालिकाको टोल टोलमा मेयर अभियान सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिकाको टोल टोलमा मेयर अभियान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, साउन ११। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले शुरु गरेको  टोल टोलमा मेयर अभियान सम्पन्न गरेका छन । श्रावण १ गते देखि ९ गते सम्म प्रत्येक वडा टोल टोलमा पुगी  त्यहा भएका विकास निर्माणको निरीक्षण गर्नुको साथै स्थानीय संग भेटघाट छलफल गर्नुको साथै  स्थानीयवासीका गुनासाहरु सुनेका थिए असार श्रावण १ गते वडा नं १  गागलफेदीको टोल टोलमा पुगेका उनले श्रावण १० गते शनिबार वडा नं ३ को टोलमा पुगेर समापन गरेका हुन् ।

 श्रावण ३ गते बर्षादका कारणले रद्द भएको वडा नं ३मा शनिबार उप प्रमुख बिन्दु सिंखडा,  वडा  अध्यक्ष   राममणि पुडासैनी, र वडा सदस्यहरु सहित कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का बिभिन्न स्थानमा भएका विकास निर्माणको निरीक्षण गर्नुको साथै स्थानीय संग भेटघाट छलफल गरेका थिए भने  स्थानीयवासीका गुनासाहरु समेत  सुनेका थिए ।बिहानको समयलाइ सदुपयोग गर्दै टोल टोलमा  पुगेका नगर प्रमुख  कृष्णहरि थापाले दिउसोको समय  नियमित नगरको कार्य गर्दै आएका थिए ।

निर्वाचन दौरानमा प्रमुख थापाले जनता संग गरेको प्रतिबद्धतालाइ पुरा गर्नको लागि जनताको माझमा पुगेका हुन् । आफ्नो पांच बर्षे कार्यकालको दौरान तीन वर्ष सम्म नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न केन्द्रित भएका नगर प्रमुख जनताको माझमा पुगी भए गरेका काम प्रगती र आगमी दिनमा गर्न पर्ने योजनाको बारेमा समेत छलफल गरेका थिए। उनले ९ दिन ९ वटै वडाका सबै टोलमा पुग्न नसकेको बताउदै छुटेका टोलमा पनि बाँकी दिनमा समय मिलाएर भ्रमण गर्ने जानकारी गराएका छन।

 उनले नगरपालिकाको बारेमा केहि गुनासा र सुझाब भए आफुलाई  मोबाईल नं. ९८५१०-२७१२१ मा सम्पर्क गर्न अथवा अथवा म्यासेजमा जानकारी गराउन पनि अनुरोध गरेका छन  ।उनले टोल टोलमा अभियानमा सहयोग गर्ने  सम्बन्धित वडाको जन प्रतिनिधि, समाज सेबी , टोल सुधारका पदाधिकारी, नगरपालिका को प्राविधिक सकिएकोमा सबैमा धन्यबाद दिदै सो अभियानले  वडामा सम्पन्न योजना, सचालनमा रहेका योजनाहरूको अनुगमन, यस बर्ष गर्नु पर्ने योजनाको प्राथमिकता, वडा बासीहरूको सुझाब र भेटघाटले यस नगरपालिकाको बिकासमा सबैको सहभागिताले विकासले थप तिब्रता दिने बिश्वास ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेका छन ।

 

तपाइँको प्रतिक्रिया ।