उत्पादनमुखी अभियानमा संयुक्त महिला संजाल बुढानिलकण्ठ -१०
कपन अनलाइन
काठमाडौं ,साउन ८।
पछिल्लो समय लक्षित वर्गको अधिकांस बजेट केवल तालिममुखी भएको भनेर आलोचना भैरहेको सन्दर्भमा संयुक्त महिला संजाल बुढानिलकण्ठ -१० ;ले उत्पादनमुखी अभियान शुरु गरेको छ।
साउन ८ गते बुढानिलकण्ठ -१० मा रहेको कपन साहित्य समाजको सभाहलमा आयोजित विभिन्न उत्पादनहरुको प्रदर्सनी तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरेर संजालले लक्षित वर्गको बजेट बाट उत्पादन गरेका मास्क ,अचार ,फिनेल ,स्यानीटाइजर लगायतका सामाग्रीहरुको प्रदर्शन गरेको हो।
सुनौलो विकल्पको आयोजना तथा संयुक्त महिला संजाल बुढानिलकण्ठ -१० को संयोजनमा भएको यक्त कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई रहेको थिइन् भने बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा सदस्यहरु चन्द्र मान श्रेष्ठ ,भुव प्रसाद रेग्मी ,दिल कुमारी बिक ,रिता दाहाल ,नेकपा बुढानिलकण्ठ -१० का अध्यक्ष जगत प्रसाद निरौला ,नेपाली कांग्रेस बुढानिलकण्ठ -१० का सभापति श्याम डोटेल ,संयुक्त महिला संजालका पुर्व अध्यक्षहरु मिना पराजुली ,बिन्दा गौतम ,हेमा अधिकारी,कपन प्रहरी प्रभागका प्रमुख शेखर जंग मल्ल ,रिता बुढाथोकी ,शान्ति तिवारी ,रिलायन्स मावीका प्रधानाध्यापक खेमलाल भुसाल लगायत अतिथि रहेका थिए।
संयुक्त महिला संजाल बुढानिलकण्ठ -१० कि अध्यक्ष बिद्या सुवेदीको अध्यक्षता र सचिव पवित्रा पोखरेलको संचालनमा भएको सो कार्यक्रममा बोल्दै संजालका पुर्व अध्यक्षहरुले अधिकांस समय पुरुषहरुलाई गालि गर्नमा खर्चिएका थिए भने अन्य वक्ताहरुले संजालको उत्पादनमुखी कार्यको प्रसंशा गरेका थिए।
संयुक्त महिला संजाल बुढानिलकण्ठ -१० कि उपाध्यक्ष संजिता पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा महिला संजालले उत्मापादन गरेको मास्क वितरण तथा उत्पादित अन्य सामाग्रीको बजार व्यवस्थापन तथा प्रवर्धनका वारेमा छलफल गर्नुका साथै सहभागीहरुलाई प्रमाणपत्र वितरण पनि गरिएको थियो।