पहिरोको उच्च जोखिममा कपन क्याम्पस सहित आसपासका संरचना
कपन अनलाइन
काठमाडौं ,साउन ८।
बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण शैक्षिक संस्था कपन बहुमुखी क्याम्पस र सो आसपासका संरचनाहरु पहिरोको जोखिममा परेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १० ह्यान्डबल मैदान नजिक रहेको क्याम्पसको निर्माणाधीन भवन र सो आसपासका संरचनाहरु निरन्तर वर्षाका कारण कमजोर बनेको भूगोलका क्रम उच्च जोखिममा परेका छन।
कठिन र कमजोर भूगोलमा नबिन पाइल प्रविधि प्रयोग गरेर क्याम्पसको भवन निर्माण भैरहेको स्थानको दक्षिण डाँडामा रहेका घरहरु निकै जोखिममा परेकोले तिनको सुरक्षाका लागि तत्काल पहल गर्न स्थानीयहरुले सरोकारवाला निकाय संग अनुरोध गरेका छन।
सो स्थानमा प्लास्टिक ओडाएर कामचलाउ रोकथामको प्रयास गरे पनि भू क्षय हुन्क्रम चलिरहेको बताउदै ति स्थानीयहरुले तत्काल कुनै उपाय नलगाइए डांडाका घर सहित क्याम्पस भवन र डिप बोरिङ्गमा गम्भीर असर पर्ने बताएका छन।