कपन जेसिस द्वारा बुढानिलकण्ठ नगरपालिकाको ध्यानाकर्षण

कपन जेसिस द्वारा बुढानिलकण्ठ नगरपालिकाको ध्यानाकर्षण

कपन अनलाइन

काठमाडौं ,साउन ७। कपन जेसिसले विभिन्न समसामयिक विषयहरुमा बुढानिलकण्ठ नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

कोभीड-१९ को संक्रमणबाट बच्न गरिएका प्रयत्न, बाढी र पहिरोको समस्या समाधान, एक घर दुई बिरुवा अभियान, युबालाई सिर्जनात्मक कार्यमा परिचालन, बर्षाको पानीलाई जमिन रिचार्जको ब्यबस्थापन नभएसम्म घर नक्सा पास नगर्ने, कौसी खेती, महिला सशक्तीकरण, युबा बिकास र स्वोरोजकार तालिम,सडक किनारामा बृक्षारोपण, ठेला गाडा व्यापार ब्यबस्थापन, साना माइक्रो सट्टामा मिनिबस संचालन,कडाउन पछिको बिध्यालय संचालन लगायत  बिषय समेटेर  ध्यानाकर्षण पत्र बुझाइएको थियो।

कपन जेसिसको ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगर प्रमुख उद्दब खरेलले विभिन्न अभियान र  कार्यक्रमहरुमा   लागि १५ दिन भित्र ल्याउनका लागि अनुरोध गरेका थिए। बुढानिलकण्ठ नगरपालिकाले रचनात्मक र सृजनात्मक अभियानहरुलाई सधै प्रोत्साहन गर्ने बताउदै ठोस योजना प्रस्ताव गर्नका लागि कपन जेसिसलाई आव्हान गरेका थिए।

सो कार्यक्रममा कपन जेसिज बर्ष २०२० का अध्यक्ष रुपेश भट्टराई, पुर्ब अध्यक्ष होम बहादुर(मनोज) अधिकारी, दिपक अधिकारी, कपन जेसिजका कार्यक्रम संयोजक रिता थपलिया तथा कपन जेसिजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।