राखेप सदस्य सचिवका लागि तीनजनाको नाम सिफारिस
कपन अनलाइन
काठमाडौं ,साउन ७।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि तीनजनाको नाम सिफारिस गरिएको छ छ । युवा तथा खेलकुद मन्त्रालयले बनाएको तीन सदस्यीय सिफारिस समितिले आवेदन दिएका मध्येबाट तीनजनाको नाम छनोट गरेको हो ।
समितिले निवर्तमान सदस्य सचिव रमेश सिलवाल, नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापा र राष्ट्रिय भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठको नाम सिफारिस गरेको हो । मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गरेपछि मन्त्रिपरिषदको बैठकले राखेपको नयाँ सदस्य सचिवमा एक जना छनोट गर्नेछ ।
मन्त्रालयका सचिव रामप्रसाद थपलिया, रिम रानाभाट र इन्दिरा निरौला रहेको सिफारिस समितिले आवदेन दिएका २७ जनाबाट उनीहरुको नाम छनोट गरेको हो ।
तपाइँको प्रतिक्रिया ।