कुतीको केरुङ च्छो ताल फुट्न सक्ने, भोटेकोसी र सुनकोशी किनारका वासिन्दलाई सचेत रहन आग्रह

कुतीको केरुङ च्छो ताल फुट्न सक्ने, भोटेकोसी र सुनकोशी किनारका वासिन्दलाई सचेत रहन आग्रह

कपन अनलाइन 

काठमाडौं ,साउन ६।

तिब्बतको नेलाम जिल्लाको कुतीबजारबाट पश्चिमतर्फको केरुङ  च्छो  ताल भरिएर फुट्ने खतरा भएपछि स्थानीय प्रशासनले सुनकोसी र भोटेकोसी किनारका वासिन्दालाई रातको समयमा सचेत रहन आग्रह गरेको छ । तातोपानी नाकाबाट करिव ४५ किमि टाढा तिब्ब्तको कुतीबजारबाट उक्त तालको पानी भोटेकोसीमै मिसिने भएकाले खतरा हुन सक्ने अनुमान स्थानीय प्रशासनले सूचना जारि गरेर जानकारी दिएको छ।

कुतीबाट गाडीमा करिव ५–६ किमिको दुरीमा रहेको  कराइ आकारको उक्त तालमा  जमेको पानी ओभर फ्लो हुने वा फुट्न सक्ने शंका का कारण सो सुचना जारि गरिएको हो  । नेपालीले दुध पोखरीको नामले चिनिने उक्त ताल निकै ठूलो रहेको छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार तिब्बतको नेलाम प्रशासनले तातोपानीस्थित सशस्त्र प्रहरीमार्फत सचेत रहन नेपाललाई आज खबर गरेको छ ।

तातोपानी स्थित मितेरी पुलमापारि चिनियाँ भूभागमा रहेका आफ्ना नागरिकलाई नेलाम प्रशासनले खासा सारेको छ । भूकम्पछि तातोपानी भन्सार बन्द भएपछि चीनले मितेरीपुलमा आफ्ना कर्मचारी र सुरक्षाकर्मी मात्र राख्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।