साँखु जेसिजको रक्तदान कार्यक्रम सम्पन्न

साँखु जेसिजको रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, श्रावण ६।  शंखरापुर नगरपालिका साँखुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार साँखु जेसिज  द्वारा आयोजित उक्त रक्तदान कार्यक्रम मार्फत ९५ पिन्ट रगत संकलन गरिएको थियो ।

जेसिज सप्ताह अन्तर्गत प्रत्येक वर्ष रक्तदान कार्यक्रम हुदै आएको छ ।साँखु  जेसीज स्थापना  भए देखि नै यस क्षेत्रका युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास,उद्यमशिलताको विकास र समुदायमा हस्तान्तरित विभिन्न कार्यक्रमहरुको आयोजना गरी मानवताको विकास सँग सँगै समाजमा सक्रिय नागरिकको भूमिका निर्वाह गर्न जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका लागि जेसीजको आधार स्तम्भ जेसीज आस्थालाई आफ्नो अनुशासन बनाइ “कि मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” भन्ने आस्थालाई निस्वार्थ भावनाले सेवा गर्ने उदेश्यले बृहत रक्तदान कार्यक्रमको आयोजना  गरिएको साँखु जेसिजका अध्यक्ष जेसी सरोज कुइकेलले जानकारी गराए ।

उपत्यकामा बड्दो रगतको मागलाई ध्यानमा राखी साँखु जेसिज द्वारा  रक्तदान कार्यक्रम आयोजना गरेको पनि उनले स्पष्ट पारे ।सो भेगका जनतालाई रगतको आबश्यक  परेको अवस्थामा जेसिजले सम्बन्धित निकाय संग समन्वयन गरि रगत  उपलब्ध गराउदै आएको  उनले जानकारी गराए।उनले रक्तदान कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन्।

फोटो :प्रेम प्रकाश श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।