गोकर्णमा पहिरोको उच्च जोखिममा रहेका तीन परिवारलाइ सुरक्षित स्थानमा स्थानान्तरण

गोकर्णमा पहिरोको उच्च जोखिममा रहेका तीन परिवारलाइ सुरक्षित स्थानमा स्थानान्तरण

कपन अनलाइन

काठमाडौँ, श्रावण ६।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ले पहिरोको उच्च जोखिममा रहेको घर परिवारलाइ सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा अविरल बर्षा संगै पहिरोको उच्च जोखिममा घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो  ।

अविरल बर्षा संगै गोकर्णेश्वर नगरपालिका वडा नं ४ नामग्याल स्कुल पछाडी पहिरोको जोखिममा रेहका तीन वटा घरका परिवार तथा सामानहरुलाईविपद व्यवस्थापन समिति र स्थानीयको सहयोगमा तत्काल  सुरक्षित  स्थानमा व्यवस्थापन गरिएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले कपन अनलाइनलाइ बताए। तत्काल मानवीय क्षति नहोस् भन्नका लागि सुरक्षित स्थानमा सारेका हौँ, यो दीर्घकालीन नभई अस्थायी हो ‘ उनले भने।

देशभर रातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, त्यसैलाइ मध्यनजर गर्दै वडाले  वडा बासिलाइ  सार्वजनिक सुचना मार्फत सचेत रहन आग्रह गरेको थियो।

 जसमा साउन ४ गते देखि ८ गते सम्म देशभर पानी पर्ने जल तथा मौसम बिज्ञान बिभागको पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाट आम सर्व साधारणलाइ सतर्क रहन सुचना प्रकाशित गर्न निर्देशन भए बमोजिम गोकर्णेश्वर नगरपालिका वडा नं ४ भित्र बसोबास गर्ने सम्पूर्ण वडा बासीहरुलाइ भबिष्यमा आइ पर्ने आपतकालीन सेवाको लागि राष्ट्रिय आपतकालीन कार्य संचालन  केन्द्रको सम्पर्क नं ११४९ मा सम्पर्क गर्न हुन र बाढी पहिरोको पुर्व जानकारीका लागि जल तथा मौसम बिज्ञान बिभागको ११५५ नं मा २४ सै घण्टा सम्पर्क गर्न सकिने व्यहोरा समेत जानकारी गराइएको थियो ।

साथै नदि खहरे, खोल्सा तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण वडा बसिहरुलाई उच्च सतर्कता साथ् रहन समेत अनुरोध गरिएको छ। संग संगै वडा नं ४ भित्र कुनै पनि माथि उल्लेखित प्रकृतिका घटनाहरु घटेमा वडा समितिका पदाधिकारी र विपद व्यवस्थापन समितिका सदस्यहरुलाई जानकारी गराई घटनाको बिवरण टिपाउन समेत सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको थियो। जोखिमलाई ख्याल नगरि जथाभावी घर बनाउदाँ पुर्वतयारी नहुदाँ बर्षेनी बाढी पहिरोले देशभर धनजनको ठुलो क्षति हुने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।