गजल : सुशीला पौडेल

गजल : सुशीला पौडेल

कपन अनलाइन

काठमाडौं ,साउन ३।

 

सक्दिन कसैलाई ढाँट्न के म मान्छे होइन
सक्दिन स्वाभिमान मास्न के म मान्छे होइन

चाकडी र चाप्लुसीको डम्फु बजाउन जानिन
सक्दिन अस्तित्व साट्न के म मान्छे होइन

गर्व छ मलाई आफ्नो पाखुरीको कमाइमा
सक्दिन ओठे गफ छाट्न के म मान्छे होइन

ज्यु, ज्यु हजुर गर्दै अघिपछि लाग्न चाहन्न म त
सक्दिन मेरो आत काट्न के म मान्छे होइन

एक्लिन परे पनि परोस स्वार्थी संसारबाट
सक्दिन फोस्रो हासो हास्न के म मान्छे होइन

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।