बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु बीच कार्यसम्पादन सम्झौता

बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु बीच कार्यसम्पादन सम्झौता

कपन अनलाइन

हेटौडा ,साउन २

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहिबार मन्त्रीहरुसँग एक वर्षे कार्य सम्पादन करार सम्झौता गरेका छन  । चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते मन्त्रीहरुसँग मुख्यमन्त्री पौडेलले लिखित रुपमा कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।

देश सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न  सम्झौता गरेर काम सुरु गर्न  मुख्यमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका मन्त्रीले हस्ताक्षर गरेको सम्झौता गरेका हुन।

सो कार्यसम्पादन  सम्झौतामा ‘सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कार्यहरु गर्ने’ उल्लेख गरिएको छ भने  प्रदेश सरकारले निर्धारण गरेको नीति, कार्यक्रमलाई सम्बोधन गर्ने गरी एक वर्षको काम गर्ने प्रतिवद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता गरिएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्रीले मन्त्रीहरु  सम्झौता पश्चात  मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवसँग र सचिवले मातहतका विभाग तथा कार्यालय प्रमुखसँग सम्झौता गर्ने बागमती प्रदेश सरकारले जानकारी दिएको छ ।

सम्झौतापत्रमा मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल र सामाजिक विकासमन्त्री युवराज दुलालले हस्ताक्षर गरेका थिए।

तपाइँको प्रतिक्रिया ।