कागेश्वरी नगरपालिका वडा नं १ गागलफेदीमा लोकतान्त्रिक सहिद उधान
कपन अनलाइन
काठमाडौं ,साउन २।
कागेश्वरी नगरपालिका वडा नं १ गागलफेदीको चिहान डाँडामा निर्माण भैरहेको लोकतान्त्रिक सहिद उधान अन्तिम चरणमा पुगेको छ। २०६४ शाल देखि सो क्षेत्रमा उधान तथा बनभोज स्थलको निर्माणका लागि पूर्वाधार विकासको काम शुरु गरिएको थियो।
रास्ट्रिय फूल लालीगुराँस रोपेर शिलान्यास गरिएको सो उधानमा बनभोजका लागि शेड,पानीको फोहोरा,बगैचा तथा अन्य संरचना तयार भएको छ भने बाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्नका लागि सो स्थानमा विश्व कै ठुलो कागको प्रतिमा राखिने छ।
जनताले दिएको फुली,तिलहरी ,तसला ,बेल्चा जस्ता सामाग्रीहरु संकलन गरेर बनाइन लागिएको सो कागको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको बताउदै बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्रि रामेश्वर फुयालले कागेश्वरी धाम निर्माणको योजनालाई यसले सहयोग गर्ने विस्वास व्यक्त गरेका छन।
काठमाडौं उपत्यकाको शिवपुरी पर्वत शृंखलामा रहेको मनोरम क्षेत्र कागेश्वरी मन्दिर नजिक रहेको सो उधानमा सुन्दरीजल,भद्रवास ,आलापोट र शांखु लागयतका स्थानहरु बाट पुग्न सकिन्छ।
कागेश्वरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष मुकुन्द गजुरेल लिएर सो उधान पुगेका मन्त्रि फुयालले अहिले ३९ लाख बजेटको कार्य भैरहेको र अझै यसमा बजेट थप गरेर अन्य संरचना निर्माण गरिने बताएका छन।
सुन्दरीजल-हेलम्बु गोसाइँकुण्ड मार्गमा रहेका सुन्दरीजल,मुलखर्क,मणिचुड,धाप,चिसापानी लगायतका पर्यटकीय स्थान नजिक रहेको सो उधान कागेश्वरी नगरपालिकाको महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा निर्माण गर्न लागिएको बताउदै मन्त्रि फुयालले सो मार्गको देउरालीमा बाघको प्रतिमा निर्माणको पनि कम शुरु भएको जानकारी दिएका छन।