नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा खिलानाथ दाहाल

नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा खिलानाथ दाहाल

कपन अनलाइन

काठमाडौं ,साउन १।

नेपाली कांग्रेसका नेता खिलानाथ दाहाल नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा नियुक्त भएका छन।

नेपाल ट्रेड यूनियन कांग्रेसका निबर्तमान केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेस ओखलढुङका  नेता दाहाललाई प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधिले नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित ) को धारा ३६ -१ (घ) अनुसार  नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (प्रशिक्षण ) पदमा नियुक्त गरेका हुन्।

लामो समय सम्म ट्रेड युनियन आन्दोलनमा योगदान पुर्याएका नेपाली कांग्रेस  ओखलढुंगाका नेता  दाहाललाई कार्यकारी निर्देशक संगको सहकार्यमा कार्य सम्पादन गर्ने जिम्मेवारी प्रदान गरिएको निधिले नियुक्त गरेको पत्रमा उल्लेख गरिएको छ।

तपाइँको प्रतिक्रिया ।