नेपाल मेडिकल कलेज अत्तरखेलको प्रशासन शाखामा तालाबन्दी
कपन अनलाइन
काठमाडौं श्रावण १ । नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियन( आधिकारिक ट्रेड युनियन)ले बिज्ञप्ति जारि गरेको छ । स्वतन्त्र कर्मचारी युनियन का सचिब उमेश कार्की द्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा स्वतन्त्र कर्मचारी युनियन (आधिकारिक ट्रेड युनियन) र नेपाल मेडिकल शिक्षण अस्पताल व्यवस्थापन बीच लिखित मौखिक सहमति र सम्झौता भए अनुसार कुनै पनि कार्यन्वयन नगरिएकाले पटक पटक लिखित आग्रह गर्दा कुनै सुनुवाई नभएको तथा सो अस्पतालमा कार्यरत करार सेवा कार्यरत कर्मचारीहरुलाई २०७७ साल असार ३१ गते प्रशासन शाखाबाट करारका कर्मचारीहरुलाइ रोजगारी बाट निकालिएको जानकारी गराईएकोले आधिकारिक ट्रेड युनियन घोर भत्सना गर्दछ भनिएको छ।
साथै आधिकारिक ट्रेड युनियन र व्यवस्थापन बीच भएको सहमति बिपरित कार्य र यस्तो फैलिरहेको कोरोना भाइरस कोभिड १९ को कारणले महामारीमा अग्रस्थान रहेको कर्मचारीहरु माथि अन्याय र अत्याचार को बिरुद्द आजको मिति श्रावण १ गते देखि नेपाल मेडिकल शिक्षण अस्पताल प्रालिको सम्पूर्ण प्रशासन शाखामा ताला लगाइएको जानकारी गराएको छ। साथै सो संस्थामा कार्यरत सम्पूर्ण करार कर्मचारीहरुको पुनर्बहाली नभए सम्मको बन्दका कार्यक्रम यथावत गर्दै थप बिरोधका कार्यक्रम निकाल्ने जानकारी गराएको छ ।