ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा “बिजुली” विवाद
कपन अनलाइन
ओखलढुंगा ,साउन १।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा “बिजुली” विवाद शुरु भएको छ। सो गाउँ पालिकाको वडा नं २ लाई केन्द्रिय प्रसारण लाइन संग जोड्दै बिद्युत सेवा उपलव्ध गराउन झारिएको पोलमा स्वामित्व दावी गर्दै सामाजिक संजालमा प्रचार प्रसार हुन् थाले संगै यो विषयले चर्चा पाएको हो।
ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारको पहलमा बिजुलीका पोल झारिएको भन्दै सुमन घिमिरेले तलको तस्विर सामाजिक संजालमा राखे संगै गाउँपालिकाको समर्थनमा अन्य व्यक्तिहरुले पनि सामाजिक संजालमा विभिन्न सामाग्रीहरु पोस्ट गर्ने क्रम शुरु भएको थियो।
ओखलढुंगा जिल्ला चम्पादेवी गाउँ पालिका वडा नं २ नवलपुरमा क्षेत्रमा गत वर्ष विधुत थिइएन देश तथा विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइन सेन्टर स्थापना गरिएको हुदा विधुत वा बिजुलिकोमाग गरिदै आइएको थियो।
गाउँपालिका भौतिक पुर्वाधार विकास समितिका सम्योजक अजय लुइँटेलको नेतृत्वमा सो क्षेत्रका वडा अध्यक्ष विष्णु पुलामी समेतलाई विधुत प्राधिकरण शाखा कार्यलय रुम्जाटार गइ सामान ल्याउन निर्देशन दिएको बताउदै गाउँपालिकाको पत्र सार्वजनिक भए संगै यो प्रसंगले जिल्लामा चर्चा पाएको छ।
गाउँपालिकाको पत्र :
सामानको भौचर :
कोरोना भाइरस कोभिड १९ को प्रवाह नगरी सवारी साधन जुटाई विधुत सामान ल्याउन त्यस क्षेत्रका जनप्रतिनिधि खटेको कुरा सबैलाई विधित हुदा हुँदै गलत प्रचार गरिएको भन्दै गाउँपालिकाले दुख व्यक्त गरेको छ भने जिल्लाको विकास निर्माणमा संघीय सांसदको भूमिका र दायित्व हुने सुनुवारका समर्थकहरुले बताउदै आएका छन।
पटक पटक विभिन्न मुद्दा र विषयमा सामाजिक संजालका भित्ताहरु राम्रै संग रंगिने चम्पादेवी गाउँपालिकामा थप अर्को विषयले केहि दिन रमाइलो बसी बियालो हुने भन्दै एक शिक्षकले व्यंग्य गरेका छन।न्युनतम राजनीतिक संस्कार र मान्यताको समेत ख्याल नगरी जनतालाई झुक्काउने हरि वारम्वार हुने गरेका प्रचार हत्कण्डाले गाउँपालिकावासीलाई अन्यौलमा पारेको उनको भनाइ रहेको छ।