नेपाल मेडिकल कलेज अत्तरखेलले करार कर्मचारीलाइ काममा नआउन भन्यो
कपन अनलाइन
काठमाडौं श्रावण १ सरकारी अस्पतालहरूले कोरोनाभाइरसको परीक्षण र उपचारसँगै नियमित सेवा पनि जारी राखेका छन्।स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारले सुविधा दिएको बेला निजि अस्पतालका स्वास्थ्यकर्मीहरुले भने नियमित तलब समेत नपाउने अवस्थामा पुगेका छन्।
नेपाल मेडिकल कलेज अत्तरखेलमा करारमा काम गरिरहेका कर्मचारीहरुलाइ अस्पताल प्रशासनले बिहिबार बाट काममा नआउन अनुरोध गरेको छ । कोभिड १९ कोरोना भाइरसको जोखिमका बाबुजुत पनि फ्रन्टलाइनमा बसेर काम गरिरहेका करारका कर्मचारीहरुलाई नेपाल मेडिकल कलेज व्यवस्थापनले बिहिबार बाट काममा नआउन भनेको एक कर्मचारीले बताए ।
नेपाल मेडिकल कलेज आधिकारिक ट्रेड युनियनले कोरोना भाइरसको जोखिमका बीच काम गरिरहेका करारका कर्मचारी निकालिएको प्रति आश्चर्य प्रकट गर्दै ट्रेड युनियन र व्यवस्थापन बीच भएको पुर्व सहमति लाइ बेवास्था गर्दै संकटको अवस्थामा कर्मचारी निकालिनु दुखद भएको जनाएको छ। संकटको अवस्थामा करारका कर्मचारीको करार अवधि थप्ने मौखिक सहमतिलाइ समेत बेवस्था गरि कर्मचारीहरुलाई श्रावण १ गते बाट काममा नआउनु भन्नु दुखद भएको ट्रेड युनियनका एक सदस्यले बताउदै सो बिषयमा थप छलफल भइरहेको बताए।