बागमती प्रदेशको कोरोना रोकथाम कोषमा सुर्य नेपालको १ करोड
हेटौंडा,साउन १।
बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले सो रकमको चेक हस्तान्तरण गरेका थिए।
सहयोग रकमको चेक हस्तान्तरण पछि मुख्यमन्त्री पौडेलले कोषमा रकम प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगमा कोरोना विरुद्धको अभियान सफल हुने बताउदै सरकारको अभियानमा सुर्य नेपालको हातेमालोको उनले प्रसंशा गरेका थिए।
सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले कोरोना विरुद्धको अभियानमा प्रदेश सरकारले देखाएको सक्रियतालाई साथ दिन सहयोग गरेको बताएका थिए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रमुख सचीव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया सहभागी रहेका थिए ।
तपाइँको प्रतिक्रिया ।