रहेनन नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३का नेता रामलाल श्रेष्ठ
कपन अनलाइन
काठमाडौं असार ३१। वरिष्ठ समाजसेवी नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य पुर्व महाधिवेशन प्रतिनिधि,२०७४को निर्वाचन मा क्षेत्र नं ३ समानुपातिकका उम्मेदवार रामलाल श्रेष्ठको निधन भएको छ श्रेष्ठको श्रेष्ठको ७१ बर्ष को उमेरमा निधन भएको हो गोकर्णेश्वर नगरपालिका वडा नं ४ ( इटिचोक ) निवासि श्रेष्ठको गत शनिबार त्रीबी शिक्षण अस्पताल महाराजगन्जमामा मृत्यु भएको हो।
श्रेष्ठको निधनप्रति नेपाली काग्रेस क्षेत्र नं ३ ले दुःख व्यक्त गरेको छ । श्रेष्ठको असामयिक निधन भएको दुखद् खबरले नेपाली काग्रेस क्षेत्र नं ३ मर्माहत भएको क्षेत्रीय सभापति एबम गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले बताए। उनले श्रेष्ठलाइ श्रद्धाञ्जली दिदै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका थिए।
श्रेष्ठको सोमबार बेलुका गोकर्णेश्वर मा अन्तिम संस्कार गरिएको थियो। श्रेष्ठको पार्थिब शरीरमा नेपाली काग्रेस क्षेत्र नं ३ का क्षत्रीय सभापति एबम गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्दान्जली दिएका थिए। अन्तिम संस्कार कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र ३ कि सचिब एबम गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल लगायत जनप्रतिनिधि सहित नेपाली काग्रेसका क्रियाशील सदस्य एबम स्थानीयको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसकाठमाडौं क्षेत्रनं ३ कि सचिब एबम गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपालले श्रेष्ठको निधनले नेपाली कांग्रेस पार्टी र सिंगो नगरलाई ठूलो क्षति पुगेको बताउदै अकल्पनीय निधनले अत्यन्त मर्माहत एवंम स्तब्ध भएको बताइन । उनले श्रेष्ठलाइ श्रद्धाञ्जली दिदै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेकी थिइन् छन् ।श्रेष्ठको एक छोरा र एक छोरी रहेका छन् ।
फोटो : सरोज बस्नेत