कोरोनाले मृत्यु भएका गोकर्णेश्वर -४ का संक्रमितको परिवार र आफन्तको स्वाव संकलन

कोरोनाले मृत्यु भएका गोकर्णेश्वर -४ का संक्रमितको परिवार र आफन्तको स्वाव संकलन

कपन अनलाइन 

काठमाडौं ,असार २८।

गोकर्णेश्वर नगरपालिका  वडा नं  ४ मा कोरोना संक्रमणका कारण मृत्यु भएका ५३ वर्षीय पुरुषको  परिवार र आफन्तको स्वाब संकलन गरिएको छ।

गोकर्ण प्राथमिक अस्पतालका स्वास्थ प्राबिधिकहरुले मृतकको सम्पर्कमा रहेका १३ जनाको स्वाब संकलन  गरि पिसिआर परिक्षणको लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगसाला टेकु पठाएका छन।

मृगौला तथा अन्य रोगले ग्रसित ती पुरुषको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजमा असार २५ गते मृत्यु भएको थियो । मृत्यु भए सङ्गै उनको पिसिआर परिक्षण गर्दा २६ गते कोरोना भएको पुष्टि भएको हो ।

तपाइँको प्रतिक्रिया ।