प्रधानमन्त्री केपी ओलीको अडान र युवाहारुको आवाज

प्रधानमन्त्री केपी ओलीको अडान र युवाहारुको आवाज

कपन अनलाइन

काठमाडौं ,असार २७ /आर के सुवेदी 

अहिले नेपाली राजनीतिमा  राष्ट्रियताको मुद्दा बोक्दै जसरी सत्ताको वरिपरि रहि रहेने पूर्वप्रधानमन्त्रीहरूलाई अबकास लिएर आफू रास्ट्रको अभिभावक बन्न अनुरोध गर्ने सम्मानिय प्रधानमन्त्री के.पि शर्मा ओलिले  नेपाली युबाको मनको भावना व्यक्त गर्नुभएको छ यसमा उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

आजको आबश्यकता भनेकै उमेर पुगेका ६० बर्ष माथिका वरिष्ठ नेताहरुलाई रास्ट्रीय अभिभावक बनी सरकार युबा पुस्तालाई चलाउन दिनुपर्छ भन्ने नै हो ।युबाले गलत गर्न पुगेमा नेताले सिकाउने हो।

जसरी एउटा घर भित्रको अभिभावक बुबाआमा हुनुहुन्छ। र उहाहरुले छोराछोरीलाई जसरी संस्कार सिकाउनु हुन्छ त्यहि दायित्व नेपालका अग्रज नेताहरुले निभाउनु पर्छ र  अबको नेतृत्व युबापुस्ताको हातमा दिनुपर्दछ।

आज सम्म बिस्तारवादी  भारतको थिचोमिचो  सहदै आएको र अब आइन्दा सहन सकिन्न भन्ने कुरा आम जनतालाई प्रधानमन्त्रीले राम्रो सग शिक्षा दिनुभएको छ जुन नेपालका राज नेताले साहस देखाएको सम्भवत पहिलो पटक हो।न राजा ,न अन्य कुनै शक्तिशाली प्रधानमन्त्रीले नै यो आँट देखाउन सकेको थियो।

अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ जो यो राष्ट्रियताको निमित्त अडान लिई युबापुस्तालाई सरकार र शक्ति दिनुपर्छ भन्ने गम्भीर भाबनालाई ब्यक्त गर्नुभएको छ।

राष्ट्र निर्माणको जग बसाल्न जीवनका अमुल्य समय  समर्पण गर्नुभएको छ। १४ बर्ष जेल जीवन बिताएर राष्ट्रको लागि लड्ने एक मात्र नेता तथा प्रधानमन्त्री के.पि शर्मा ओलि हुनुहुन्छ।

बास्तबमै उहाँका तर्क सत्य छन उहीँ पुराना अनुहार प्रधानमन्त्री पद खाईसकेकाहरुबाट राज्यले के आशा गर्ने? प्रधानमन्त्री ओलीले  आफू भन्दा क्षमतावान ब्यक्ती ल्याएर जनताको चाहा पूरा हुन सक्ने नेता सरकार र शक्तिमा बस्नुपर्छ भन्ने भावना ब्यक्त गर्नु भएर नेपाली जनताको मन जित्नुभएको छ।

सत्ता र शक्तिको दुरुपयोग भैरहेको र अहिले सम्मका कुनै पनि प्रधानमन्त्रीहरुले यो खालको बुद्दी पुर्याएनन भने  नाताकृपाबादको चलखेलमा लागिरहे,सत्तामा पुगेर हालिमुहाली रजाइँ मात्र गरेको आभाष पाएका  प्रधानमन्त्री ज्युले पद खाईसकेका नेता बाट राज्यले कुनै आशा नराखेको  र विस्वास  नरहेको पनि खुलाएका छन ।बास्तबमा सत्य यथार्थ पनि यहि हो।

अबको राजनीतिक युबापुस्तामै आधारित हुनुपर्छ र  सरकार युबापुस्ताले नै चलाउनु पर्छ।पुर्ब पदबहाली गरेका नेताहरुलाई सरकारको अभिभावकका रुपमा सम्मान गरेर राष्ट्रलाई नियाल्ने जिम्मेवारी दिदै बृद्ध भत्ता सम्मान पुर्बक खान दिने प्रणाली मिलाउनु पर्ने आवस्यकता देखिन्छ ।

अब पनि उहीँ पुराना अनुहारले नेतृत्व गरेर मुलुक परिवर्तन हुने छैन त्यसैले उहाँहरुले बुझ्न् जरुरी पनि छ।नेपाली जनता अबधेरै बाघको छालामा स्यालको रजाइँ भएको पनि हेर्न सक्दैनन् । अबकास खाने बेला भएका नेताहरु बाट केही आशा पनि गरेका छैनन ।

केहि नेताले  प्रधानमन्त्री हुनलाई पार्टी अध्यक्ष पनि निकै बर्ष चलाउनु भयो सायद कोहि वरिष्ठ नेताहरू छुट्नुभएको छैन पद र पावरमा बस्न। वरिष्ठ नेताहरुबाट यो खालको बिचार कहिल्यै आउने थिएन यदि सहि समयमा सहि निर्णय लिनु भएको छ।

प्रधानमन्त्री के.पि शर्मा ओलि र  उहाँका अडानमा नेपाली जनताको साथ र समर्थन पुर्ण छ।यो अबस्था सरकार फेर्ने होईन।

कोरोना भाईरसले राज्य थलिएको अबस्थामा ,राज्यको आर्थिक अबस्था कमजोर भएको बेला, राष्ट्रिय समस्या कसरी बिबेकपुर्ण हल गर्नुपर्ने समयमा, कसलाई प्रधानमन्त्री बनाउने ? को अध्यक्ष बन्ने ? को राष्ट्रपति बन्ने ? भन्ने  भागबन्डाको तानातानमा व्यस्त रहेका संग पक्कै खुसि छैनन् नेपाली जनता।

त्यस्तैले  पार्टी एकतामा जोड दिऔ, स्वार्थमा एकता हुदैन। स्वार्थ हैन राष्ट्रियता बोकौ अनि नेपाली जनताको आत्मसम्मान उठाउने र नेपालीको मनको भावना आफ्ना गतिविधिमा प्रस्ट देखाइरहेका प्रधानमन्त्री ओलीको सपना पुरा गर्नका लागि सबैले एक भएर लाग्नु पर्ने बेला आइसकेको छ।

जनमत र जनताको आवाजको बेवास्ता गर्दै त्यस अभिमतको विरुद्ध हुने जुनसुकै खालको षडयन्त्रहरुलाई परास्त गर्नका लागि प्रधानमन्त्रीको समर्थनमा सडकमा आएका सबै युवा तथा अनु देशप्रेमी युवाहरुमा लाल  सलाम ।

(लेखक सुवेदी रास्ट्रिय युवा संघका नेता हुन् )

 

 

तपाइँको प्रतिक्रिया ।