महामारी नियन्त्रणमा सघाउने संघसंस्थालाई काठमाडौं महानगरपालिका वडा नं २५ को सम्मान
कपन अनलाइन
काठमाडौं ,असार २७।
कोभिड महामारी नियन्त्रण र रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) का समयमा स्थानीय जनजीवनको सहज बनाउन, महामारीका बिषयमा प्रचार प्रसार गर्न सहयोग गर्ने संघ सस्थालाई काठमाडौं महानगरको वडा २५ ले आज सम्मान गरेको छ । वडामा आयोजना गरिएको एक कार्यक्रममा वडाध्यक्ष नीलकाजी शाक्यले संघसंस्थालाई सम्मान प्रदान गर्नुभएको हो ।
बिषय परिस्थितिमा आफ्नो परवाह नगरी वडाको जनजीवन सहज बनाउने काममा संघसंस्थाहरुको साथ नभएको भए । अहिलेको सफलता प्राप्त हुने थिएन । वडाध्यक्ष शाक्यले भन्नुभयो — महानगरमा पर्ने हरेक खालका बिपदमा स्थानीय संघसंस्थाहरुलाई उत्साहित भएर सहयोगका आउन । यसप्रकारको हौसला बढाउन आज हामीले संघसंस्थाहरुलाई सम्मान गरेका हौं । उहाँले समृद्ध महानगरका बिषयमा धारणा राख्दै्र थप्नुभयो — बिकास सबैका लागि हो । मिलेर काम गर्नुपर्छ । काठमाडौंको पहिचान सांस्कृतिक पक्ष हो । यसलाई जोगाउनुपर्छ । वडास्तरमा भने ढलको ठूलो समस्या छ । यो समस्या समाधान गर्दै थप कार्यक्रमबाट बडाबासीका बिकास चाहना पूरा गराउँछु ।
त्यस अवसरमा कार्यपालिका सदस्य एवं वडा २५ की वडा सदस्य रमिताकमल स्थापितले भन्नुभयो — जनप्रतिनिधि, कर्मचारी र जनता मिलेपछि सबैखालका समस्या समाधान हुन्छन् । नगरपालिका काम गरिरहेको छ, तपाईहरु साथ दिनोस् ।
सम्मान कार्यक्रममा महानगरीय प्रहरी जनसेवाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले, कोभिड महामारी नसकिएकाले सरकारबाट जारी गरिएका निर्देशनको पालना गर्न वडाबासीलाई आग्रह गर्नुभयो ।
वडाले सम्मान गरेका संघसंस्था
१) मारवाडी सेवा समिति
२) कसाः तधं गुथि
३) चाइना फाउन्डेसन
४) सुनौलो नेपाल
५) सि. के. जि. एस. बि. एलुम्नाइ
६) धनोदया बहुद्देश्यीय सहकारी संस्था
७) सिलिभ बैङ्क
८) नेपाल इन्भेष्टमेन्ट बैङ्क
९) रिच फेमिलि ट्रष्ट
१०) दौतरी समाज
११) बिकास अग्रवाल
१२) सयपत्री टे«डर्स
१३) २५ वडा बिपद व्यवस्थापन समिति
१४) जन्ता क्लब काठमाडौं
१५) रण भैरव गण
१६) जनसेवा प्रहरी
१७) नगर प्रहरी महाशाखा
१८) पदमधर तुलाधर
१९) जनचिकित्सालय
२०) श्री कृष्ण समाजसेवी क्लव
२१) भेडासिंह परिवार
२२) नारायण टोल सुधार समिति
२३) नघःल युवा समूह
२४) नघल ल्यामह पुचचः
२५) पञ्चदान गुथि
२६) रत्नकुसुम परिवार
२७) झ्वाबहाः टोल सुधार समिति
२८) उग्रतारा महिला बाल बिकास केन्द्र
२९) धालासिक्व टोल संरक्षण परिवार
३०) उग्रतारा टोल सुधार समिति
३१) मच्छिन्द्र क्लब
फोटो सौजन्य : काठमाडौं अनलाइन