बुढानिलकण्ठवासीलाई ५ हजार मास्क वितरण

बुढानिलकण्ठवासीलाई ५ हजार मास्क वितरण

कपन अनलाइन 

काठमाडौं ,असार २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ ,प्रहरी प्रभाग बुढानिलकण्ठ र बोधिसत्व विहारको सहकार्यमा मास्क वितरण गरिएको छ।मास्क नलगाइ हिडडुल गर्ने व्यक्तिहरुलाई कारवाही गर्न शुरु गरिए संगै ५ हजार मास्क वितरण शुरु गरिएको हो।

नेपाल सरकारले मास्क नलगाई हिडडुल गर्नेहारलाई १ सय रुपैया जरिवाना गर्ने गरेको छ। असार २७ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ३ प्रहरी प्रभाग अगाडी करिव १५ सय जनालाई वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ , प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख भुपेन्द्र गिरि र बोधिसत्व बिहारका स्वयंसेवकहरुले मास्क वितरण गरेका थिए।

सरकारको निर्णयलाई कडाइका साथमा लागु गर्नका लागि सचेतना लागयतका कार्यक्रम गर्ने बताउदै वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले मास्कको प्रयोग अनिवार्य रुपमा प्रयोग गर्न अपिल गरेका छन।

त्यस्तै सचेतना कार्यक्रम मार्फत नगरवासीलाई सचेत बनाउने र त्यो अटेर गरेमा सरकारको नियम अनुसार कारवाही गर्ने जानकारी दिदै    प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख भुपेन्द्र गिरिले सचेतना अपनाउन आग्रह गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।