बुढानिलकण्ठ- २ चपलीका जग्गा व्यवसायी संग रकम असुल्न खोज्ने अर्जुन क्षेत्री लगायत अख्तियारको फन्दामा

बुढानिलकण्ठ- २ चपलीका जग्गा व्यवसायी संग रकम असुल्न खोज्ने अर्जुन क्षेत्री लगायत अख्तियारको फन्दामा

कपन अनलाइन

काठमाडौं ,असार २६।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ चपली बस्ने जग्गा व्यवसायी सँग जग्गाको विषयमा अ.दु.अ. आयोगमा उजुरी परेको छ भनी अपराधिक लाभ लिन खोज्ने विभिन्न व्यक्तिहरु पक्राउ परेका छन।

उनीहरुले  मोवाइलबाट सूचना कर्तालाई पटक-पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत भनी अख्तियारमा उजुरी परेको छ, अनुसन्धान प्रकृया अगाडि बढेको भनी जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुस जस्ता एस.एम.एस. पठाउने, फोन गरी भेट्न बोलाई डर धाकधम्की देखाई बार्गेनिङ गरी रकम मिलाउने प्रयास गर्दै आएका थिए।

सो  सूचना एवं उजुरीका आधारमा आयोग तथा महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उक्त रकम लिन आएको अवस्थामा आफूलाई जोतिष भन्ने अर्जुन कुमार थापाक्षेत्री, विजय रावल, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भु प्रसाद रेग्मी, शंकर बिक्रम खड्का, श्याम सिंह थापा र विवेक पोखरेललाई काठमाडौं जिल्ला का.म.न.पा. गौरीघाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट मिति असार २५ गते नियन्त्रणमा लिई निजहरुलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाइएको छ ।

तपाइँको प्रतिक्रिया ।