भारतीय संचार माध्यमको समाचार अतिरन्जित र झुटो :डा.राजन भट्टराई

भारतीय संचार माध्यमको समाचार अतिरन्जित र झुटो :डा.राजन भट्टराई

कपन अनलाइन

काठमाडौं ,असार २५ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय  सदस्य  तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालको नक्शा जारि भए संगै भारतीय संचार माध्यमहरुले श्रंखलावद्ध रुपमा अतिरन्जित र झुटा समाचार प्रकासन र प्रशारण गरेको बताएका छन।

नेपालको सार्वभौम सत्ता र रास्ट्रिय सुरक्षाको सम्मान गर्न अनुरोध गर्दै डा. भट्टराईले त्यस्ता अतिरन्जित र झुटा समाचारलाइ अस्विकार गर्ने बताएका छन।

भारतीय संचार माध्यमले   प्रसारण र प्रकासन गरेका समाचारहरुले  दुई देशको सम्बन्ध र विस्वासमा नकारात्मक असर पार्ने भन्दै पत्रकारिताका आधारभूत शिदान्तमा रही सत्य तथ्य सुचना र समाचार प्रकासन गर्नका लागि डा. भट्टराईले आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।