किस्ट अस्पतालमा भर्ना भएका ४ जनामा कोरोना संक्रमण

किस्ट अस्पतालमा भर्ना भएका ४ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,असार २५

ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचाररत एक गर्भवती महिलासहित चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  पाटन अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना देखिएको किस्ट अस्पतालले जनाएको हाे ।

कोरोना देखिएकामा २९ वर्षकी गर्भवती महिला, पथरीको शल्यक्रिया गर्न भर्ना ६५ वर्षका पुरुष, दमको उपचार गर्न भर्ना भएकी ६६ वर्षकी महिला र ज्वरो आएर आइसोलेनमा भर्ना भएका ११ वर्षका बालक रहेकाे अस्पतालले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।