प्रधानमन्त्री केपी ओलीको समर्थनमा चावहिलमा प्रदर्शन

प्रधानमन्त्री केपी ओलीको समर्थनमा चावहिलमा प्रदर्शन

कपन अनलाइन

काठमाडौं ,असार २५।

प्रधानमन्त्री केपी ओलीको समर्थनमा काठमाडौंको चावहिलमा प्रदर्शन गरिएको छ। विभिन्न नाराहरु सहित सो स्थानमा प्रधानमन्त्रीको समर्थनमा प्ले कार्ड र ब्यानर बोकेर युवा तथा सर्वसाधारणहरुले प्रदर्शन गरेका थिए।

नेपालमा राजनीतिक स्थिरता र विकासका लागि प्रधानमन्त्री ओलीको नेतृत्व आवस्यक रहेकोले त्यसको लागि जनदवाव सृजना गर्नका लागि सो प्रदर्शन गरिएको त्यहा सहभागी आर के सुवेदीले बताएका छन।

नेपाल कम्युनिस्ट पार्टीको एकता र नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेको स्थिर सरकारको अपेक्षामा तुसारापात गर्ने प्रयास  भएकोले त्यसको भन्डाफोर गर्नका लागि स्वतस्फुर्त रुपमा युवा तह सर्वसाधारण जनता सडकमा आएको सुवेदीले बताएका छन।

अहले देश भर प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन भैरहेका छन।

 

तपाइँको प्रतिक्रिया ।